शिक्षा दिवसका अवसरमा विविधि कार्यक्रम



सैघाली खबर
दाङ २३ , भदौ
३८ औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा दाङमा पनि विविध कार्यक्रम गरी मनाएको छ । दाङका सरकारी तथा गैर सरकारी शिक्षण संस्थाहरुले विविध कार्यक्रम गरी दिवस मनाएका छन । पश्चिम दाङको दंगीशरण २ को माबि मधपुरमा ३८ औ राष्ट्रिय शिक्षा दिवस मनाएको छ । 

नेपाल महिला सामुदायीक सेवा केन्द्र दाङको आयोजना तथा नागररिक आवाज ललितपुरको सहयोगमा शान्तिका अभियान परिबर्तनका सम्बाहक शान्ति र पुर्नमिलाप कार्यक्रम अन्तरगत दिवस मनाईएको हो । प्रधानध्यापक टिका बहादुर केसीको अध्यक्षता वडा नं। २ का सचिब ज्ञान बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा मनोसामाजिक बिमर्स लक्ष्मी ढकाल, लेखा साह्यक अचर्ना शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
त्यस अबशरमा शान्ति¥यालि निकालिएको थियो । साथै दिवसका अबशरमा बतृत्वकला र चित्रकला प्रतियोगीता पनि भएको हो । बक्तृत्व कलामा प्रथम सन्तोषी केसी, दृतिय जितेन्द्र चौधरी, तृतिय भावना खत्री, सान्त्वना अञ्जना चौधरी भएका थिए ।

त्यस्तै चित्रकलामा प्रथम रञ्जु केसी, दृतिय शिर्षा पुन, तृतिय तारा पुन, सान्त्वना लक्ष्मी बिक भएका थिए ।
शान्ति स्वायंसेवक पारस खड्काले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा कार्यक्रम संयोजक बसन्त पोख्रेलले बिषय प्रबेश गराएका थिए । कार्यक्रमको सहजीकरण शान्तिदुत देवीराम कुसारीले गरेका थिए ।

यसैविच लालिगुरास सेकेन्डरी बोर्डिङ् स्कुल घोराहीले ३८ औ राष्ट्रिय शिक्षा दिवसका अबशरमा संस्कृतिक तथा पुरस्कार बितरण कार्यक्रम गरेको छ । बिद्यालयका साह्यक प्रधानध्यापक हेमराज पौडेलको अध्यक्षता तथा पुर्ब जिल्ला शिक्षा अधिकारी ओम प्रकाश न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा बिद्यालयमा प्रत्येक शुक्रबारीय कार्यक्रममा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । त्यस अबशरमा बिद्यालयका प्रिन्सीपल केशरमान बिसीले शिक्षाको महत्वका बारेमा प्रकाश पारेका थिए । उनले शिक्षा व्यक्तिगत सम्पति भएकाले त्यसको आर्जनकालागि ध्यान दिएर अध्ययन गर्न बिद्यार्थीलाई आग्रह गरेका थिए ।
त्यस अबशरमा बिद्यार्थीहरुले अआफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक गौरब खड्काले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्