दिउसो तानातान राति सुनसान



जनक नेपाली
दाङ, २४ भदौ । बिहानको १० बजेको थियो । घोराही स्थित तुलसिपुर पुग्दा तुलसिपुर जाने गाडीहरु लाम देखिन्थ्यो । बसका स्टापले कतिपय यात्रुका झोला तान्दै गाडीमा लगेर जादै राख्दै थिए । दृश्य हेर्दा लाग्थ्यो दिन दाहाडै बजारको मेन चोकमा लुटपाट भैरहेको छ । तर त्यो कुनै लुटपाट नभई बसका स्टापले यात्रु खोस्ने होडबाजी मात्र थियो । जिल्लामा पछिल्लो समय यातायात प्रा.ली. प्रशस्त खुले पनि यात्रुहरुले गुणस्तरीय सेवा सुविधा पाउँन नसकेको सर्वसाधारणले गुनासो गरेका छ । दैनिक रुपमा घोराही तुलसिपुर लमही घोराही सडक खण्डमा रातको समय गाडी सञ्चालनमा नआउदा समस्या भोग्नु परेको तुलसिपुर १८ का शोभा शर्माले वताउनुभयो । रातको समय घोराही तुलसिपुर ,लमहि घोराही सडक खण्डमा गाडी सञ्चालनमा नआउदा रातको समयमा अलपत्र हुनु परेको छ उहाँले भन्नुभयो । दिनभर प्रतिस्प्रधाका नाममा यात्रुलाई दुःख दिने सवारी धनिहरुले रातको समयमा गाडी चलाएर सेवा पु¥र्याए कति राम्रो हुन्थ्यो उहाँले भन्नुभयो । बेलुका ८ बजेदेखि नै स्थानिय रुटमा संचालन आउने सबै गाडी बन्द हुने भन्दै त्यसले गर्दा सर्वसाधारणले निकै दुःख पाउँदै आएको उहाँको भनाई छ । जिल्लामा राप्ती अञ्चल सार्वजनिक बस व्यावसायी समिति,अम्बेकेश्वरी यातायात, कालिलिका मालिका यातायात ,साहारा यातायात प्रा.ली. लगायतका विभिन्न प्रा.ली सञ्चालनमा आएपनि गुणस्तिरिय सेवा दिने वारेमा भने कसैको ध्यान पुगेको छैन उहाँले भन्नुभयो ।

रातको उपाय खोज्दै घोराही उपमहानरपालिका
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उपमहानगरपालिकाले नगर बस सञ्चालनका लागि तयारी गरेको वताउनुभयो छ । नगर सभाबाट आफुहले नगर बस सञ्चालनका लागि निती पास गरि सकेको वताउनुभयो । जसले गर्दा रातको समयमा बस स१चालनमा ल्याउन सकिने वताउनुभयो । जसका कारण सर्व साधारण यात्रुलाई प्रत्यक्ष पाईदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपमहानगरपालिकाले तत्काल बस किनेर सञ्चालनमा ल्याउन सक्ने अबस्था नरहेको भन्दै निजी क्षेत्रका समितिहरु संग सम्मन्वय गरेर नगर बस सञ्चालनको तयारी आफुहरु जुटेको उहाँको भनाई छ । आफुहरुलाई सडक सञ्जाल, बाटो कसैले नरोक्ने भन्दै अब त्यसबारेमा छलफल गरेर प्रकृया अगाडी बढाउने उहाँले जानकारी दिनुभयो ।

राती बस चलाउन व्यावसायी तयार छौ हमाल
राप्ती अञ्चल सार्वजनिक बस व्यावसायीका अध्यक्ष सुरेश हमालले स्थानिय सरकारले सुरक्षाको प्रत्याभुति दिन सके रातको समयमा सञ्चालन गर्न तयार रहेको वताउनु भएको छ । यस बारेमा आफुहरु पनि गम्भिर रहेको वताउँदै सर्व साधारण नागरिकलाई सेवा प्रदान गर्नका लागि आफुहरु तयार रहेको वताउनुभयो । यस विषयमा घोराही उपमहानगरपालिका तलसिपुर उपमहानगरपालिका संग छलफल गर्ने वताउँदै उहाँले सुरक्षाको व्यवस्था मिलाए ततकाल गाडी सञ्चालनमा ल्याउने वताउनुभयो । दवै नगरपालिका संग छलफल गरे रुट निर्घारण गरी रातमा समयमा समेत गाडी सञ्चालन गरिने अध्यक्ष हमालले वताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्