उत्पादिन दालमोटले बजार पाएन



 

दिपक बोहरा

दाङ २४ भदौ । तुलसीपुर उपमहानगरपालिका १ ठाँटी गाउमा रहेको लालिगुरास लघु उद्यम समुहले उत्पादन नगरेको दालमोटले बजार पाउन सकेको छैन् । दालमोटले बजार नपाउदा घरमै थन्काएर राख्नु पर्ने बाध्यता रहेको समुहकी अध्यक्ष देवी आचार्यले गुनासो गरिन् ।

अहिले १० हजार मुल्य बराबरको दालमोटले बजार नपाएर घरमै थन्काउनु परेको उनले बताईन् । ‘हामीले उत्पादन गरेको दालमोटले बजार पाएन्, उनले भनिन्‘ अहिले त्यतिकै थन्काएर राखेका छन् ।’ लघु उद्यमबाट तीन वटा दालमोट बनाउने सामाग्री पाएपछि आफुहरुले दालमोट बनाउन शुरु गरेको अध्यक्ष आचार्यले बताईन् । यस अघि १० हजार मुल्य बराबरको दालमोट बिक्रि गरेको भएपछि पछिल्लो पटक बनाएको दालमोटले बजार नपाएको उनको भनाई छ ।बैसाख देखी उनीहरुले नियमित दालमोट उत्पादन गर्दै आएको बताईन् । ‘ बैशाख देखी दालमोट उत्पादन गर्दै आएका छौं’ उनले भनिन्‘ नियमित बजार पाएपछि तिब्र रुपमा कामलाई अगाडि बढाउने जमर्को गरेका छौं ।’ अहिले बजारबाट पनि माग नभएको उनले बताईन् । स्थानीय उत्पादनलाई बजारमा पनि चासो नदिने गरेको उनको भनाई थियो । उनले भनिन्‘ खानालाई स्वादिष्ट हुने गरेपनि, बजारमा स्थानीय उत्पादनलाई महत्व नदिदा समस्या भएको छ । ’

अहिले उक्त समुहका १२ जना सदस्यले दालमोट उत्पादन गरिरहेका छन् । समुहका प्रत्येकले बराबर किनेर दालमोट उत्पादन गरिरहेको उनको भनाई छ । साथै समुहले दालमोट उत्पादनका लागि भवन पनि निर्माण गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्