महासंघका नवनिर्वाचत पदाधिकारीहरुको स्वागत सम्मान




सैघाली खबर
दाङ,२४ भदौ । नेपाल पत्रकार महासंघको २५ अौं महाधिवेशनबाट निर्वाचित नेपाल पत्रकार महासंघका केन्द्रि उपाध्यक्ष विपुल पोख्रेल, सचिव उदय जीएम, केन्द्रीय सदस्य वसन्त गिरी र पुरूषोत्तम सुवेदीको स्वागत एवं सम्मान गरिएको थियो । भने महासंघका निवर्तमान केन्द्रीय सदस्य अजयदीप शर्मालाई कदरसहित सम्मान गरिएको थियो । त्यस अबसरमा बोल्दै पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले श्रमजिवी पत्रकार ऐनले गरेको व्यवस्था कार्यान्वयनका लागि अहिलेको नेतृत्वको पुरै ध्यान केन्द्रीत भएको वताउनुभयो ।

श्रमजीवि एने कार्यान्वयनका लागि सञ्चार गृह सबल बन्नु पर्ने बताउँदै उहाँले कार्यान्वयनसंगै सञ्चार गृहको बिकासका लागि पनि राज्यसंघ गम्भिर छलफल भैरहेको औल्याउनु भयो ।पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव भुपेन्द्र ओलीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्