माहुरी पालनमा कृषि विद्यार्थीहरुको चासो



सैघाली खबर,
दाङ,२४ भदौ ।
घोराही उपमहानगरपालिका १७ गुलरीयामा रहेको मदन भण्डारी कृषि प्राबिधीक शिक्षालयका विद्यार्थीहरुले स्थापना गरेको मदन भण्डारी एग्रो टेक्निकल युथ क्लबको आयोजनामा माहुरी पालन तथा समग्र कृषि क्षेत्रमा युवाको चासो र सहभागिता बिषयमा छलफल भएको छ ।

घोराहीमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुले माहुरी पालक किसान सँग सिप र तरिकाका बारेमा सात्क्षात्कार गरेका छन् । क्लवका अध्यक्ष शिशिर रावतको अध्यक्षता एवं जिल्ला समन्वय समितिका उप प्रमुख श्रीधर शर्मा पौडेलको प्रमुख आतिथ्यता एवं जिल्ला कृषि बिकास कार्यालयका प्रमुख दिपक शर्मा र माहुरी व्यवसायी माधब केसीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा समन्वय समितिका उपप्रमुख पौडेलले राजनितिक परिबर्तन सँगै अब कृषि क्रान्तिको पालो आएको बताउनुभयो । कृषिलाई आधुनिकिकरण गर्दै व्यवसायीककरमा लैजानु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै कृषि कार्यालयका प्रमुख शर्माले कृषि व्यवसायको प्रर्बद्धनका लागि सरकारले ६० प्रतिशत सम्म अनुदान दिने गरेको जानकारी दिनुभयो । कृषि पेशालाई आधुनिकिकरण गर्न आबस्यक रहेको भन्दै रोजगारी र अर्थ उपार्जनमा जोड्नै पर्ने बताउनुभयो ।

कार्यक्रममा मदन भण्डारी शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष शिबकुमार आचार्यले समयको माग अनुसारको शिक्षा नै अहिलेको अबस्यकता भएको बताउनुभयो । कृषिको माध्यमबाट आर्थिक बिकास सम्भब रहेको उहाँको भनाई छ । क्लवका सचिब रविन्द्र उपाध्यायको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण सदस्य बसन्त रिजालले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्