बुढेसकालमा सेक्स : यस्ता समस्या हुनसक्छन् !



काठमाडौँ । काठमाडौं। यौन र शारीरिक सम्बन्धसँग जोडिएका कयौं किस्साहरु वास्तवमा मिथ्यामा गएर टुङिगएका हुन्छन्। सेक्स विशेषज्ञ डाक्टर निक्की गोल्डस्टीनले सेक्ससँग जोडिएका यस्तै धेरै मिथ्याहरुलाई हटाउने प्रयास गरेका छन्। यहाँ त्यही विषयमा चर्चा गरिएको छ।

१। के यौन सम्पर्क गर्दा धेरै समयसम्म गर्नु उत्तम हो रु डाक्टर निक्कीका अनुसार यौनसम्पर्कको अवधिले कसै कसैको जीवनमा अर्थ राखे पनि सबैको जीवनमा भने अर्थ राख्दैन। एक सर्वेमा ७५ प्रतिशत पुरुषले सेक्सको अवधिले कही कतै अर्थ राख्ने बतएका थिए र सर्वेमा ४३।२ प्रतिशत महिलाले पनि यौनसम्पर्कको अवधिले सेक्सजीवनमा प्रभाव पार्ने स्विकार गरेका थिए। तर, कतिपय मानिसहरुलाई भने सेक्सको अवधिले भन्दा अन्य यौनक्रियाकलापले जीवनमा महत्व राख्ने बताएका थिए। अध्ययनका क्रममा ४९।२ प्रतिशत महिलाले सेक्सका क्रममा सेक्स भन्दा धेरै मुख मैथुनजस्ता चीजले आफूलाई आनन्द दिलाउने बताएका थिए।

२। पोर्न फिल्ममा देखाइने चीज नै उत्कृट हो, अधिकांश मानिसमा यो भ्रम छ पोर्न फिल्ममा जे देखाइन्छ, त्यो नै वास्तवमा सत्य हो। कतिपटक त यसलाई वास्तविक जीवनमा पछ्याउने कोशिस समेत गर्ने गरिन्छ। तर, डा। निक्की भन्छिन्–स्क्रिनमा पोर्नस्टारहरुले धेरै समयसम्म फरक–फरक प्रकारले यौनसम्पर्क गरेको देखाइन्छ। तर, वास्तविक जीवनमा तिनै स्क्रिनमा देखिएका पात्रले समेत त्यसरी सेक्स गर्न सक्दैनन्।

३। महिलामा पुरुषमाजति सेक्स भावना हुँदैन। यो यसकारण भनिने गरिन्छ कि महिलाहरुलाई सेक्स मूडमा ल्याउन अलि समय लाग्ने गर्छ। यसकारण पनि महिलाभन्दा पुरुष सेक्समा बढि रुचि राख्ने जस्तो बुझ्ने गरिन्छ। वास्तवमा यो गलत धारणा हो। सत्य त हो हो की महिलाले आफ्नो यौनइच्छालाई समाजको अगाडि दबाएर राख्ने गर्दछन्।

४। महिलामा सेक्सको इच्छा उत्पन्न गराइदिने काम पुरुषको हो रु ३१ प्रतिशत पुरुष यो मान्छन् कि महिलाहरुलाई सेक्सका लागि राजी बनाउने काम कठिनको काम हो। तर, सेक्सका लागि महिलालाई मनाउने काम पुरुषको मात्र होइन। महिलाले पनि सेक्सका लागि अपिल गरिरहेका हुन्छन्, त्यो बुझ्न नसकिएको मात्र हो।

५। एक सीमापछि यौनइच्छा हराएर जाने गर्छ। समाजमा यस्ता मान्यता व्याप्त रहेका छन् कि निश्चित अवधि तथा निश्चित उमेरपछि यौनइच्छा हराउँदै जाने गर्छ। चरम उत्कर्षमा पुगेपछि यौनइच्छा पनि हट्दै जान्छ भन्ने धारणा पनि गलत रहेको चिकित्सकहरु बताउँछन्। सेक्स विशेषज्ञका अनुसार चरम उत्कर्षपछि सेक्स चाहना घट्दै जान्छ भन्नु गलत हो। यसैगरी उमेर बढ्दै जाँदा यौनइच्छा घट्दै जाँदैन। बरु झनै परिपक्क र उत्तम सेक्स हुदै जान्छ। बुढेस कालमा यौवनकालमा जसरी जोडतोड शक्तिका साथ यौन क्रियाकलाप गर्न नसकिए पनि सेक्सपछिको सन्तुष्टि जवानीको भन्दा पनि मिठो हुने विशेषज्ञहरुको भनाइ छ।

६। स्त्री र पुरुषबीच यौन सम्बन्धमा जटिलताहरू मूलतः तीन कारणबाट आउँदछन्, मानसिक, शारीरिक र मनोशारीरिक। प्रौढ अवस्था यस्तो उमेर हो, जसमा तीनवटै कारणले यौन जटिलता आउन सक्छ। पुरुषभन्दा महिनावारी बन्द हुने बेलाको आसपासका महिलाको यो उमेर बढी संवेदनशील हुन्छ। इस्ट्रोजेन हार्मोनमा एक्कासि आउने कमीले यस उमेरमा विभिन्न मानसिक र शारीरिक परिवर्तन ल्याउँछ। मानसिक परिवर्तनमा मानसिक डिप्रेसनका लक्षण देखिन सक्छन् भने शारीरिक परिवर्तनमा महिनावारी छिटोढिलो हुने, कमबेशी हुनेजस्ता गडबडी देखा पर्छन्।

७। यसबाहेक यौन चाहना भएका बेला योनीमा निस्कने चिप्लो खालको योनीस्राव कम हुँदै गएर ठ्याप्पै बन्द हुनसक्छ। जसले गर्दा सम्भोगका बेला हुने लिंग र योनि बीचको सहज घर्षण सम्भव हुन छाड्छ र यौन सम्पर्कका बेला महिलालाई अप्ठ्यारो हुने मात्र होइन पीडा पनि हुनसक्छ। यस्तो अप्ठ्यारो वा पीडाले योनिलाई सम्भोगका बेला सजिलो पार्नुको सट्टा मांसपेशीमा संकुचन ल्याएर झन् साँगुरो बनाउन सक्छ। साँगुरो र ओबानो भएको योनिमा यौन आनन्द प्राप्त हुनुको सट्टा पीडा हुने डरले यौन चाहना नै घटेर जान्छ।

८। अर्कातिर मानसिक डिप्रेसनसमेत भयो भने त निश्चित रूपमा यौन चाहना घट्ने मात्र होइन, आफ्नो पुरुषसाथी वा पतिले माया चाहिँ गरोस्। तर, सम्भोग नगरोस् भन्ने मानसिकताको विकास हुन्छ। पुरुष यौनसाथीको भूमिका यस अवस्थाको व्यवस्थापनमा अत्यन्त महत्वपूर्ण हुन्छ। कतिपय पुरुष योनिबाट चिप्लो स्राव ननिस्कँदा यौन सम्पर्कका बेला हुने आनन्दमा आउने कमीका लागि स्त्रीलाई जिम्मेवार ठान्दछन् र स्त्रीले यौन क्रियाकलापमा ध्यान दिन छाडेर हेलचेक्रयाइँ गरेको वा अन्य कसैबाट यौन सन्तुष्टि लिने गरेको अत्यन्त खतरनाक भ्रमसम्म पाल्न पुग्दछन्। जसले गर्दा आपसी प्रेम भित्रबाट नमरे पनि असमझदारीको बढ्न सक्छ।

९। यस्तो जटिलता स्वाभाविक भएको बुझेका वा पढेका समझदार पुरुषले स्त्रीलाई पनि यसको कारण बुझाएर आफू यसबाट विचलित नभएको बरु यस अवस्थाको सामना जीवनका प्रत्येक सुखदुःखजस्तै अहिले पनि सँगै गर्न तयार रहेको आश्वासनका साथ अरू बेलाभन्दा झन् सहज रूपमा धैर्यसहित प्रस्तुत हुन्छन्।

१०। योनी ओभानो भएको अवस्थाका लागि शरीरलाई हानि नगर्ने विशेष किसिमका जेली बजारमा पाइन्छन्। मान्छेको थुक प्राकृतिक र सबैभन्दा भरपर्दो लुब्रिकेन्ट अर्थात् चिप्लो पदार्थ हो। योनिद्वारमाथि रहेको केराउको दानाजस्तो भगनास भन्ने अंगमा यस्तो चिप्लो जेली वा थुक लगाएर हलुका मर्दन गर्ने, लामो प्राक्क्रीडा गर्ने र योनिभित्र पनि जेली वा थुकको प्रयोगबाट कृत्रिम चिप्लोपन वा ढिलो भए पनि केही प्राकृतिक चिप्लोपन पैदा गर्ने।

११। स्त्रीसँग प्रेमपूर्ण वार्तालाप खास गरी विगतका मधुरस्मृतिका प्रसंग निकाल्ने। कहिलेकाहीँ स्पष्ट कुराकानी गरी स्त्रीलाई अप्ठ्यारो वा पीडा भएको भए प्राक्क्रीडामा अझ विविधता ल्याई योनिमा लिंग प्रवेश गर्नुको साटो स्तन वा अन्य संवेदनशील अंगमा आपसी सल्लाहले हस्तमैथुनद्वारा भए पनि पुरुषले स्खलन गरेर यस्तो अवस्थाको व्यवस्थापन गर्ने। आफ्नो अप्ठ्यारालाई पुरुषले बुझेको अनुभूति गर्दा स्त्रीमा आफ्नो साथीप्रति कृतज्ञताको भाव बढ्दछ र यौन जीवन पनि सुखद रहिरहन्छ।

१२। उता पुरुषबाट यस्तो समझदारी र आश्वासन नपाएका महिलाको मानसिक अवस्था अर्कै हुन्छ। उनीहरू आफ्नो यौनेच्छा र यौन व्यवहारमा आएको यो हठात् परिवर्तनबाट किंकर्तव्यविमूढमात्र होइन, कुण्ठा र ग्लानिबाट ग्रस्त हुन पुग्दछन्। झन् आफ्नो पुरुषसाथीमा यौनेच्छा र उत्तेजना अपेक्षाकृत रूपमा यथावत् पाउँदा उनीहरू आफ्नो घर आफ्नो हातबाट फुत्कने हो कि भन्ने पिरबाट ग्रस्त हुन पुग्दछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्