मुख्य समाचार

पैसाका लागि नभई समाजसेवाको भावनाले राजनीति गरेको -नेता पौडेल

By थाहा अनलाइन

September 09, 2017

सैघाली खबर

काठमाडौं ,२४ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाका लागि राजनीति गर्नेहरुले देशलाई यो स्थितिमा पुर्‍याएको बताएका छन्।

व्यास नगरपालिका–१४ स्थित जलजला खानेपानी आयोजनाको आज उद्घाटन गर्दै नेता पौडेलले आफूले पैसाका लागि नभई समाजसेवाको भावनाले राजनीति गरेको स्पष्ट गरे। गाउँमा निर्माण भएका यस्ता खानेपानी आयोजनाले ग्रामीण क्षेत्रका बासिन्दामा राहत पुग्ने पौडेलको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, काग्रेस तनहुँका सचिव विश्व बास्तोलालगायतले स्थानीय सरकार बनेपछि विकासले काँचुली फेर्दै गएको बताए। ७० लाख रुपैयाँको लागतमा सम्पन्न खानेपानी आयोजनावाट २०१ घर धुरी लाभान्वित हुने बताइएको छ ।