नेकपा एमालेले मधेशमा मत माग्ने नैतिक धरातल गुमाइसक्यो -प्रचण्ड



सैघाली खबर ,
कलैया, २४ भदौ –। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा मत माग्ने नैतिक धरातल गुमाइसकेको आरोप लगाउनुभएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपाल कलैया शाखाले गरेको साक्षात्कारमा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाउनुभएको हो । ‘एमालेको मत माग्ने नैतिक धरातल कमजोर छ, नागरिक एमालेसँग रुष्ट छन् ।

वास्तवमा भन्ने हो भने एमालेले धरातलीय यथार्थ गुमाइसकेको छ । यो पटकको चुनावमा नागरिकले एमालेलाई मतदान गर्दैनन्’ उहाँले भन्नुभयो ।

पहिलेदेखि नै मधेश विरोधी अभिव्यक्ति दिँदै आएका नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीका कारण मधेशका नागरिक एमालेप्रति रुष्ट भएको प्रचण्डकोे भनाई छ । ‘
प्रचण्डले चुनावअघि सरकार परिवर्तन असम्भव रहेको समेत बताउनुभयो । उहाँले नेपाली कांग्रेससँगको अहिलेको गठबन्धन दीर्घकालिन बनाउने बताउनुभएको छ ।

प्रदेश नम्बर २ को स्थानीय तहको चुनावको प्रचार(प्रसारका लागि प्रदेश नम्बर २ मा रहेका प्रचण्डले दुई पार्टी बिचको सम्बन्ध मजबुत बन्दै गएको बताउनुभयो ।
यद्धपी उहाँले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा कांग्रेससँग तालमेल नभए पनि अब आउने प्रदेश र प्रतिनिधि सभाको चुनावमा भने तालमेल हुने विश्वास दिलाउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्