मेक्सिकोमा भूकम्प : मृत्यु हुनेको संख्या ५८ पुग्यो



सैघाली खबर,
भदौ २४। – मेक्सिकोमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । मेक्सिकोको दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर ८ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कम्तिमा दुई सयजना घाइते भएको राष्ट्रपति एन्ड्रिके पेन्या निएटोले बताउनुभएको छ । भूकम्पका कारण ताबास्को, ओआखाका र चीयापास राज्यमा बढी प्रभाव परेको छ । यी राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको राष्ट्रपति निएटोले बताउनुभएको छ भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने अनुमानमा त्यस्ता क्षेत्रमा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ ।

मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो । भूकम्पका कारण ज्यान गुमाउनेमा धेरै ओआखाकाका छन् ।त्यहाँ ४५ जनाको ज्यान गएको मेक्सिकोको राष्ट्रिय आपतकालिन कमिटिले जनाएको छ । यस्तै चीयापासमा १० तथा ताबास्कोमा तीनजनाको शव भेटिएको कमिटिले जनाएको छ । भूकम्पका कारण ओआदाकाको हुचितान शहर बढी प्रभावित भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्