कलेजो प्रत्यारोपण अब नेपालमै



सैघाली खबर–
काठमाडौं । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

डा। रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

सफल प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य हुने डाक्टर सिंहले बताए ।
प्रत्यारोपणका लागि १२ देखि १३ घण्टा लागेको थियो ।

डा। सिंहले भने, ‘अब हामी नियमित रुपमा कलेजो प्रत्यारोपण गर्दैछौँ । त्यसका लागि बिरामीको खोजी गरिरहेका छौँ । अब बिरामीले कलेजो प्रत्यारोपणकै लागि विदेश धाउनु पर्दैन । हामी यो सन्देश दिन चाहन्छौं ।’

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण भएसँगै अब नेपालमा कलेजो प्रत्यारोपण गर्ने दुईवटा अस्पताल भएका छन् ।

भक्तपुरमा रहेको मानवअंग प्रत्यारोपण केन्द्रले तीन वर्ष अघि नै कलेजो प्रत्यारोपण शुरु गरेको थियो । त्यहाँ अहिलेसम्म चार जनाको प्रत्यारोपण भएको छ । भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमा सम्भव हुनेछ ।
तस्वीरः डा। रमेश सिंह भण्डारीको फेसबुकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्