जन्मदिनमा क्रिकेट खेलका लागि १० हजार सहयोग



निमु सगंम घर्ती,
घोराही, २४ भदौ
दाङको घोराहीमा असोज २१ गते आयोजना गरिएको क्रिकेट प्रतियोगिताका लागि एक जनाले जन्मदिनको अबसरमा १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

दाङ क्रिकेट संघको आयोजनामा असोजको २१ गते देखि हुनलागेको दंगाली टि ट्वाण्टी कप, क्लब स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा घोराही निवासी लिलाधर पाण्डेले छोरा सन्देशको जन्म दिनको अवसर पारेर १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

जन्मदिन मनाउने खर्चलाई क्रिकेट खेलका लागि सहयोग गरिएको पाण्डेको भनाई छ । उनले दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँ र उपाध्यक्ष अशोक रोकालाई शनिबार १० हजार रुपैयाँ हस्तान्तरण गरे ।

उक्त क्रिकेट प्रतियोगिता सञ्चालनका लागि बिभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको क्लवले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्