सन्तोष महतारा,गुल्मी ।
नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका गुल्मीले गाउँपालिकाका सबै वडामा माग पत्र बुझाएको छ ।
गाउँपालिकामा विभिन्न योजनाहरु को बारेमा जानकारी गराउन भन्दै र गाउँपालिकामा सम्पुर्ण कामहरु आफुलाई जानकारी वनाउनको लागि माग पत्र बुझाएको नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका प्रमुख चन्द्र वहादुर महतले जानकारी दिनुभएको छ ।
गाउँपालिकामा कुनै पनि योजनाको सार्वजनिक सुनुवाइ नभएको,बजेटको सहि ब्यवस्थापन गर्न नसकेको,प्रतिपक्षलाई कुनै जानकारी नगराएको,कुनै तालिमका कार्यक्रममा आफ्ना निकट ब्याक्ति राखेको भन्दै मागपत्र सहित नेपाली काङ्ग्रेस जागरण कार्यदलले गम्भीर ध्यानाकर्षण गराएको हो ।
नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाले आइतबार गाउँपालिकाका सबै वडामा पुगेर मागपत्र पेश गरेको जागरण कार्यदल संयोजक कृष्ण प्रसाद रिजालले जानकारी दिनुभएको छ ।
जागरण कार्यदलले सबै वडामा जनता आवास कार्यक्रममा जस्ता पाता प्राप्त ब्याक्तिको बिबरण,साना योजनाका सम्पूर्ण विवरणहरु,बजेटबाट वडामा भएका सम्पूर्ण योजनाहरु,रकमान्तर योजनाको विवरण,संचालित योजनाहरु,केन्द्रीय र प्रदेश तहका सम्पूर्ण योजनाहरु,सांसद विकास कोषबाट संचालित योजनाहरु यो आर्थीक बर्ष र गत आर्थीक बर्षमा भएका सम्पूर्ण गतिविधिहरु जानकारी गराइदिनुहुन भनी मागपत्र बुझाएको छ ।
इस्मा गाउँपालिकाले अहिलेसम्म आफ्नो केन्द्र तोक्न नसकेको,प्रतिपक्षलाई कुनै कार्यक्रम(योजना(तालिम र बैठकमा पनि कुनै जानकारी नदिइकन एकलौटी हिसाबले अगाडि बढेको,जनताको मर्म नबुझी योजना अगाडि बढाएको गाउँपालिकाले दिने रोजगारमा प्रतिपक्षमाका कुनै ब्याक्ति सहभागी नगराएको लगायतका बिषयमा पनि नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएकोले माग सहितको पत्र बुझाएर आफुले बुझ्न खोजेको इस्मा गाउँपालिका काङ्ग्रेस प्रमुख चन्द्र महतले जानकारी गराउनुभएको छ ।
नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाले मागपत्र बुझाएपछिको प्रतिक्रिया कस्तो दिन्छ,त्यसको आधारमा आफु अगाडि बढ्ने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
सबै वडामा मागपत्र बुझाए पछि समिक्षा कार्यक्रममा काङ्ग्रेसले कुनै वडामा सबै जानकारी गराउन अलिक झन्झट मानेको र जनप्रतिनिधिहरुले आफ्ना कर्तव्य भुलेको इस्मा काङ्ग्रेसले आरोप लगाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।