व्यबसायीबीचको अस्वस्थ प्रतिस्पर्धा हटाउनु पर्छ’



दिपक बोहरा,
दाङ, २४ भदौ । ग्रील ब्यबसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले व्यबसाय फस्टाउन नसकेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । तुलसीपुर ग्रील व्यबसाय संघको दोस्रो साधारण सभा तथा अधिबेशनमा बक्ताहरुले व्यबसाय व्यबसायीबीचको एकता नहुँदा व्यबसाय फस्टाउन नसकेको उनीहरुको जोड छ ।

अध्यक्ष देव बहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही स्टील तथा ग्रील व्यबसायी समितिका अध्यक्ष प्रकाश नेपालीले सबै ग्रील उद्योगहरु सञ्चालनका लागि एकै ठाउमा ग्रील जोन स्थापन गरिदिनुपर्ने बताएका छन् । त्यसो गर्न सकिएमा मात्रै ग्रील व्यबसाय सञ्चालनमा सहज आउने उनले बताए ।

साथै उनले उद्योगको रुपमा दर्ता भएर राज्यलाई कर तिरिरहेका ग्रील व्यबसायलाई सरकारले पनि महत्व दिनुपर्ने उनको तर्क थियो । कार्यक्रममा नारायणपुर ग्रील व्यबसायी संघका अध्यक्ष बिनोद बिक, सल्लाहकार राजेन्द्र पाण्डे, अनुगमण तथा व्यबस्थापन समितिका संयोजक लक्ष्मी वली, सचिब जग बहादुर वली, व्यबसायी टिकाराम पुनलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
उपाध्यक्ष भिम बहादुर वलीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण व्यबसायी ओम बहादुर वलीले गरेका थिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्