अवैध मदिरासहित छ पक्राउ



राजगढ गाउँपालिका–२ कमलपुरबाट प्रहरीले १६ पेटी अवैध मदिरासहित छ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको १६ कार्टुन दिलबाले, कस्तुरी र मामश्री नामक मदिरा बरामद गरेको हो ।

पिठ्यूँमा बोकी सात वटा बोरामा लैजाँदै गरेको अवस्थामा छ जना भरियालाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताउनुभयो । बरामद गरिएको मदिरा र ओसार्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि आजै तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सार कार्यालयमा बुझाइएको छ ।

लागुऔषधसहित पक्राउ

छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट प्रहरीले आज लागुऔषधसहित सप्तरीको राजगढ गाउँपालिका–६ का २५ वर्षीय श्रवण यादवलाई पक्राउ गरेको छ ।

अन टेस्ट लेखिएको मोटरसाइकलमा भारतबाट नेपाल ल्याउँदै गरेको एक सय मिली लिटरको १०१ वटा डाइलेक्स डिसी नामक लागुऔषधसहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ९तस्बीर संलग्न छ०

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्