राष्ट्रिय बुद्धिजीवी संगठन दाङको अध्यक्षमा न्यौपाने



 

सैघाली खबर
दाङ,२४ भदौ ।नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन दाङको अध्यक्षमा माधव न्यौपाने चयन हुनुभएको छ । घोराहीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट उहाँ चयन हुनुभएको हो ।त्यस्तै उपाध्यक्षमा निर्मल गौतम र शेषमणि रिजाल, सचिव भीमसेन गिरी, सहसचिव महेश अधिकारी तथा सदस्यहरु ताराप्रसाद भुसाल, दधिराम खनाल, दीपबहादुर केसी, मदन पोख्रेल, लोकबहादुर बिसी, शोभा भुसाल, शान्ति श्रेष्ठ, अमर गिरी, ओम भुसाल, देवराज मल्ल, प्रदीप केसी, देबेन्द्र शर्मा र समुन पौडेल रहनुभएको छ । दंगीशरण, राप्ती र बंगलाचुलीबाट सदस्य थप गरिने संगठनले जनाएको छ ।

त्यस्तै संगठनले माधव गौतम, दिवाकर शर्मा, अरुणकुमार शर्मा, केदारप्रसाद आचार्य, अच्युतराज न्यौपाने, सर्जन गौतम, रमणुकमार शर्मा, मदनकुमार शर्मा, नरबहादुर अधिकारी, मेघराज सुवेदी, मस्तबहादुर श्रेष्ठ, नारायण भुसाल, चक्रबहादुर विश्वकर्मा, लोकराज आचार्य, श्रीधर पौडेल, ओमबहादुर कुँवर, अनन्तराज घिमिरे रहेको सल्लाहकार समिति गठन गरिएको छ ।सम्मेलनको उद्घाटन पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले गर्नुभएको थियो । सम्मेलन उद्घाटन गर्दै पुनले समाजवादी क्रान्तिको प्रचारमा जुट्न बुद्धिजीवीहरुलाई आग्रह गर्नुभयो । अब हुने निर्वाचनबाट माओवादी अझै सशक्त र सुदृढ भएर अघि बढ्ने भन्द्र उहाँले सहयोग गर्न बुद्धिजीवीलाई आग्रह गर्नुभयो ।संगठनका जिल्ला अध्यक्ष अरुणकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका प्रदेश संयोजक द्रोणराज सुवेदीले पनि शुभकामना दिनुभएको थियो । केदार आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सर्जन गौतमले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्