दलहरुको एक मत ‘ दाङ राजधानी ’



गिरिराज नेपाली
दाङ २४ , भदौ

‘हामी दाङवासी हौ ।’ हामीले प्रदेश मन्त्री भवन र कार्यालयहरु घोराही र तुलसीपुर कहाँ राख्ने विवाद भन्दा पनि दाङ लाई प्रदेश नम्वर पाँचको राजधानी वनाउने साझा भावनाको विकास हुनु पर्छ । होईन भने ‘भाई फुट्े ग्वाँर लुटे ’ भनेझै नहोला भन्न सकिदैन । 

दाङ लाई प्रादेशिक राजधानी बनाउने एंव समन्वयात्मक विकासको अवधारणा तयार सर्वपक्षिय छलफलमा नवनिर्वाचित जनप्रतिनिधहरु , सर्वसाधरणहरु , विभिन्न राजनिति दलका नेताहरुले सामुहिक रुपमा दाङ नै प्रदेश नम्वर पाँचको राजधानी वनाउनु पर्ने वताए । तर राजधानीका कार्यालयहरु कहाँ राख्ने भन्ने वारे आन्तरिक भेगिए मनमुटाव भन्दा पनि दाङमा राजधानी भन्ने सोचको विकास गर्नु पर्ने वताएका छन ।

नेपाली काँग्रेस दाङका सचिवले दल र जनताको एउटै स्वर दाङ राजधानी लहर फैलाउनु पर्ने वताएका छन । दलगत स्वार्थ र भेगिए खिचाखिचले न यता र न उता हुन सक्छ । बेलैमा सोचेर दाङ राजधानी लहर फैलाई दल र जनताको एउटै स्वर हुनु पर्ने । तव मात्रै दाङ राजधानी हुन सक्छ ।
नेपाल सरकारले दाङ लाई प्रदेश नम्वर पाँचको अस्थाई मुकाम तोक्ने तयारीको चर्चा चलिरहे संगै अस्थाई मुकामका कार्यालयहरु घोराही राख्ने कि तुलसीपुर राख्ने भने दल र दाङवासीमा आन्तरिक मनमुटाव भईरहेकाले त्यो मनमुटाव लाई दाङ लाई राजधानी निर्माणका लागि सवैको साझा सहमति सहितको धारणा वन्नु पर्ने उनले वताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज जीवन गौतमले दाङ राजधानी वनाउनका लागि स्थानिय नागरिक र स्थानिय राजनितिक दलको नेता तथा कार्यकर्ताृ मात्रै होईन । नेपाल सरकारले अस्थाई मुकाम तोक्ने तयारी रहेकाले दाङवासीले पनि दाङ राजधानी बन्नुपर्ने आवाज उठाउनु पर्ने वताए । तर घोराही की तुलसीपुर त्यो भोलीको कुरा रहेकाले दल र जनता एउटै भई दाङ राजधानी नैतिक दबाब उठान गर्नु पर्ने उनले वताए । आधार र सम्भावना उचित रहे पनि पुर्वि क्षेत्रको केही दवदवा र चलखेल गरीरहेकाले सवै जिल्लाहरु संगको समन्वयकारी भुमिका निर्वाह गर्दै दाङ लाई प्रदेशको राजधानी निर्माणका लागि भेगिए प्रतिस्पर्धा होईन दाङ राजधानीको साझा आवाज वन्नु पर्ने वताए ।

ः त्यस्तै नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खडकाले दाङ प्रदेश नम्वर पाँचको राजधानी भने आधारहरु प्रशस्तै छन । दाङ राजधानी हो पनि । सरकारले केही तयारीहर पुरा गरिसकेको छ । तर दाङ भित्रको आन्तरिक भिडन्तले केही प्रभाव पारेकाले सवै नेता तथा नागरिकहरु दाङ विषयमा केन्द्रित भई भेगिए महत्वाकाक्षी लाई छोडनु पर्ने वताए ।
कार्यक्रममा घोराही र तुलसीपुर उप–महानगरपालिका मेयर नरुलाल चौधरी र घनश्याम पाण्डेले घोराही र तुलसीपुर जहाँ जे रहे पनि दाङ राजधानी वनाउन आफुहरु तयार रहेको वताएका छन । उनिहरुले भने – दाङको विकासका लागि दुवै उप–महानगरपालिकाले आधिकारी रुपमा काम गर्ने छौ । दाङ राजधानी निर्माणका लागि स्थानिय तहका माध्यमले शशक्त आवाज उठान र सरकारी तथा प्रशासनिक कार्यलाई तिव्रता दिने वताएका थिए ।

अस्थाई मुकाम तोक्ने तयारी

नेकपा एमालेका स्थाई कमिटि सदस्य एंव पुर्व सुचना तथा सञ्चार मन्त्री शंकर पोख्रेलले प्रदेश नम्वर पाँचको प्रादेशिक राजधानी दाङ वनाउने निर्णय सहित नेपाल सरकारले तत्कालका लागि दाङ लाई प्रदेश नम्वर पाँचको मुकाम तोक्ने तयारी गरिरहेको वताएका छन । जिल्ला समन्वय समिति दाङले शुक्रवार घोराहीमा आयोजना गरेको दाङ लाई प्रादेशिक राजधानी बनाउने एंव समन्वयात्मक विकासको अवधारणा तयार सर्वपक्षिय अन्र्तक्रियामा वोल्दै नेता पोख्रेलले तत्कालका लागि अस्थाई मुकाम दाङ नै बन्ने वताएका छन । भौगोलिकता , सुरक्षा , सडक सञ्जालको विकास तथा अन्य कारणले दाङ नै प्रदेश नम्वर पाँचको केन्द्रमा पर्ने भएकाले दाङ लाई आधार मानेर नेपाल सरकारले तत्कालका लागि अस्थाई मुकाम तोक्ने तयारी गरीरहेका उनले वताए ।

प्रदेश नम्वर पाँचको मध्ये भागमा रहेको दाङ व्यापार , औद्योगिक विकास , शिक्षा , स्वास्थ्य , पर्यावरण लगाएतको सम्भाव्यता अध्ययनमा ११ जिल्लाको तुलनामा उपयुक्त रहेकाले दाङ प्रादेशिक बन्न सक्ने आधार तय गर्दै नेपाल सरकारले तत्कालका लागि अस्थाई मुकाम तोकी कामकाज सुरु गर्ने सुरसारमा रहेको छ । उनले भने – सरकारले निर्णय चाहि गरिसकेको छैन । गर्ने तयारमिा छ । ’ ढिलोचाँडो हुन सक्छ । तर प्रदेश नम्वर पाँचको प्रादेशिक राजधानी दाङ नै वन्छ ।
पोख्रेलले भने दाङ लाई राजधानी बन्न वाट विमुख गराउन कसैले पनि सक्दैन । त्यो सवै भ्रमात्मक खबर हो । नेपाल सरकारले केही प्रदेश कार्यालय स्थापना कामकाज सुरु गरिसकेकाले छ । दाङका आधार मात्रै होईन ।

नेपाल सरकारले नै केही आधारहरु तय गर्दिरहेकाले अव दाङवासीका लागि गौरवता पुर्वक दाङ राजधानीका लागि दावाका साथ उठ्नु पर्ने वताए । जिल्ला समन्वय समिति दाङ प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्ष्ता एंव नेकपा एमालेका स्थाई कमिटि सदस्य शंकर पोख्रेलको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला समन्वय समिति दाङ स्थानिय विकास अधिकारी कुल वहादुर जिसीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा बबई गाँउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त लगाएतकाले धारणा राखेका थिए । भने कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति दाङका सुचना अधिकारी कृष्ण केसीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्