सन्तोष महतारा गुल्मी
जिल्ला अदालत गुल्मीले जिल्लाका पत्रकार तथा संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रम मार्फत जिल्ला अदालत गुल्मीले आर्थीक बर्ष ०७५।०७६ का मुद्धा र फैसला कार्यान्वयनको लक्ष्य र प्रगतिको बारेमा जानकारी गराएको हो ।
अदालतले मुद्धातर्फ गत आर्थीक बर्षबाट सरि आएको लागत ९८,यो आर्थीक बर्षमा हुनसक्ने तिन सय ४३,अनुमानित लागत चार सय ४१ रहेको जिल्ला अदालत गुल्मीका सुचना अधिकारी कृष्ण शरण लामिछानेले जानकारी दिनुभएको छ ।
त्यस्तै मुद्धा तर्फ नै यो आर्थीक बर्षको जेठ १९ सम्ममा नयाँ दर्ता भएका तिन सय ८८,जम्मा लागत चार सय ८६ र यो आर्थीक बर्ष भित्र नै फस्र्यौट गर्नुपर्ने तिन सय आठ,फस्र्यौट मासिक लक्ष्य दुई सय ९७ रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ । अझै अदालतमा फस्र्यौट हुनको लागि एक सय ८९ मुद्धा रहेका छन् ।
त्यसैगरी मेलमिलाप पठाइएका मुद्धाहरु एक सय ३२,जसमा सफल भएका मुद्धा ३६ मात्रै रहेका छन् । मेलसमलाप हुन नसकेर फर्किएर आएका मुद्धा ६६ रहेका छन् भने ३३ मुद्धा प्रक्रियामा रहेको र सुचिकृत मेलमिलाप कर्ताको सख्या २१ रहेको जिल्ला अदालत गुल्मीले जानकारी दिएको छ ।
मुद्धा फैसला कार्यान्वयन तर्फको जिम्मेवारी सरि आएका लागत ९ ,नयाँ दर्ता हुन सक्ने ४०,जम्मा अनुमानित लगत सख्या ४९ र जेठसम्म नयाँ दर्ता भएका २३ र हालसम्म जम्मा लगत ३२ रहेको पनि अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको हो । यो आर्थिक बर्षको पछिल्लो जेठ महिनामा फस्र्यौट गर्ने लक्ष्यमा ३१ मुद्धा छन् भने जम्मा फस्र्यौट भएका मुद्धा २९ वटा रहेको लामिछानेले जानकारी दिनुभएको छ ।
कैद र जरिवाना तर्फ जम्मा सरि आएका तिन सय ३०,यो बषको लगत ३९ जम्मा लगत संख्या तिन सय ६९,फस्यौट दुई सय नौ र बाँकी लगत सख्या एक सय ६० रहेको छ ।
अन्तरक्रिया कार्यक्रममा अदालतको प्रगति सन्तोषजनक रहेको पनि निष्कर्ष निकालिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।