विपिको सतमार्ग लाई नभुलौ ः खड्का



सैघाली खबर
दाङ २४ , भदौ
नेपाली काँग्रेस दाङका सभापति किर्ति वहादुर खडकाले महामानव विपि कोइरालाको सतमार्ग लाई विपि अनुयायी अर्थात प्रजातान्त्रिक आस्थावान कार्यकर्ताहरुले कहिले पनि भुल्न नहुने वताएका छन ।

१०३ औ विपि जयन्तीको अवसरमा विपि चिन्तन प्रतिष्ठान दाङले आयोजना गरेको रक्तदान कार्यक्रममा सभापति खडकाले यस्तो वताएका थिए । प्रतिष्ठानका अध्यक्ष महेश कुमार शर्माका अध्यक्षता तथा नेपाली काँग्रेस दाङका सभापति किर्ति वहादुर खडकाको प्रमुख आतिथ्यता एंव सासद राजु खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न रक्तदानमा कार्यक्रममा खडकाले विपिको विचार र सिद्धान्त लाई सधै अनुसहन गरी प्रजातान्त्रिक मुल्य मान्यता लाई स्थापित गर्न सधैव लाग्नु पर्ने वताए ।

उनले भने मुलुक लोकतन्त्र स्थापित संगै जनताले आफ्ना अधिकार पाएका छन । जुन विपिको मार्ग दर्शन र सिद्धान्तका प्रतिपादन रहेकाले ति उपलव्धीहरु लाई संस्थागत गर्न सवै लाग्नु पर्ने उनले वताए ।

कार्यक्रमका विशिष्ट अतिथि सासद राजु खनालले विपि काँग्रेसका ज्ञाता रहेकाले प्रजातान्त्रिक मुल्य मान्यतामा आस्थावान रहेका अनुयायीहरुले कहिले विपि मार्ग लाई भुल्न नहुने दर्शाउदै विपिको सतमार्गमा लाग्नु कार्यकर्ताहरु लाई सुझाव दिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस दाङका क्षेत्रिय सभापति भुप वहादुर डाँगी , पुर्व सभापति विर्केश्वरी गौतम , विपि चिन्तन केन्द्र दाङका अध्यक्ष विनोद पोख्रेल , महिला संघ दाङकी अध्यक्ष गोमा रावत र दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चन्द्रराज पन्त लगाएतकाले मन्तव्य राखेका थिए ।

भने नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगी , प्रतिष्ठानका सचिव निर्मल गौतम , अधिवक्ता गोपाल भुषाल , डिएलए दाङका अध्यक्ष सन्तोष पोख्रेल , जिल्ला बार दाङका निवर्तमान सचिव नारायाण डाँगी , श्रीधर आचार्य , पत्रकार विवेक खडका , दिपेन्द्र खत्री र हेमराज अधिकारी लगाएतकाले रक्तदान गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्