आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस



–सैघाली खबर–

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस । दिवसको अवसर पारेर आज देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।

०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा सरकारले आजको दिनलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १४ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्