ऐतिहासिक विजौरी वजार लाई व्यापारिक थलोका रुपमा विकास गरौ ः पोख्रेल



सैघाली खबर
दाङ २४ , भदौ
नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलले बिजौरीलाई व्यापारीक केन्द्र बिन्दु बनाइने बताएका छन् । नेपाल राष्ट्रिय वाणिज्य संघ बिजौरीको तेस्रो अधिवेशनलाई सम्बोन्धन गर्दै नेता पोख्रेलले त्यसका लागि उपमहानगर संग समन्वय गरेर व्यवस्थित बजार बनाउनुपर्ने बताएका थिए । 

पुराना व्यापारिक वजार मानपुर र विजौरी दाङको ऐतिहास व्यापारिक वजार रहेकाले वढदो शहरीकरणको विकास संगै पश्चिम दाङको मध्ये भागमा रहेको विजौरी वजार सम्भावना रहदा रहदै पनि अस्ताउदै गईहेकाले दाङकाृ व्यापारिक क्षेत्रका रुपमा विजौरी वजार लाई पनि विकास गर्न सकिने आधारहरु रहेको वताए । क्रमिक रुपमा विजौरी वजार शहरी र व्यापार उन्मुख वन्दै गईरहेकाले विजौरी वजार लाई व्यापारिक हव वनाउन विजौरी र दाङवासीहरुले पहल गर्नु पर्ने वताएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले नेपाल संस्कृत विश्वविद्यालयलाई आयुर्वेदको केन्द्र बिन्दु र छिल्लीकोटलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि आफूले हरदम सहयोग र साथ दिने बताए ।
पूर्व सुचना तथा सञ्चारमंत्री रहेका पोख्रेलले जिल्लाका दुवै उपमहानगरलाई जोडेर विकास गर्न सकिने बताएका थिए ।

वाणिज्य संघ बिजौरीका अध्यक्ष वीरबहादुर डाँगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि जनता विद्यापीठका प्राचार्य माधव अधिकारी, तुलसीपुर उद्योग वाणिज्य संिघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे, वडा नम्बर १८का अध्यक्ष माधव वली, १९का अध्यक्ष रामबहादुर योगी, नेपाल राष्टिय वाणिज्य संघ तुलसीपुरका अध्यक्ष टोपबहादुर घर्ती, पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेललगायतकाले बोलेका थिए । अधिवेशनले यज्ञबहादुर पुनको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ ।

वाणिज्य उपाध्यक्षमा वीरबहादुर डाँगी, उद्योग उपाध्यक्ष सन्दीप भुसाल,महासचिव लेखनाथ खत्री, सचिव शालिकराम मुसाफिर, कोषाध्यक्ष बसन्त रावत, सदस्यहरुमा शिवराज पौडेल, दीपक सुवेदी, सेतु विश्वकर्मा रहनुभएको छ । अधिवेशनमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष ओृमप्रकाश पार्धेले प्रस्तुत गरेका । कार्यक्रममा सदस्य परशुराम सुनारले स्वागत मन्तव्य तथा सञ्चालन सचिव लेखनाथ खत्रीले गरेका थिए । अधिवेशन पछिको पहिलो बैठकले कार्यसमितिमा चार जना मनोनयन गर्ने। बैठक मासिक रुपमा गर्ने निर्णय गरेको सचिव शालिकराम मुसाफिरले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्