ज्योतिष अर्जुन क्षेत्री पक्राउ



–सैघाली खबर–

काठमाडौं । भूकम्प आएर नेपाल ध्वस्त हुन्छ भन्दै अन्तर्वार्ता दिने अर्जुन क्षेत्री पक्राउ परेका छन् । उनी आफूलाई युवा ज्योतिषी दाबी गर्दै आएका थिए ।

उनलाई आज काठमाडौं प्रहरी परिसरले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो।

उनले आफूले गरेको सबै भविष्यवाणी मिल्नै भन्दै अफवाह फैलाउने गरेका थिए । विभिन्न युट्युब च्यानलमा उनले आउँदो जेठ २७ गते नेपालमा भूकम्प आएर सबै ध्वस्त हुने र थुप्रै मान्छेको हताहती हुने अफवाह समेत फैलाएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्