दाङ । अल्फा इङ्लिस बाेर्डिङ स्कुल घाेराही दाङका विद्यार्थीले आज नगर प्रहरी कार्यालय निरीक्षण गरेका छन् । प्रहरी – विद्यार्थी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले नगर प्रहरी कार्यालयकाे वस्तुस्थिति तथा गैर कानुनी गतिविधिमा संलग्नहरूकाे अवस्थाका बारेमा जानकारी लिएका थिए ।
नगर प्रहरी कार्यालय घाेराही दाङका प्रमुख शशीधर शर्माले विद्यार्थीलाई निरीक्षण गराउनुका साथै त्यहाँको वस्तुस्थितिकाे बारेमा जानकारी दिलाएका थिए । साथै शर्माले मानिस कसरी अपराधिक तथा गैरकानुनी कार्यमा फस्दछ, अनैतिक गतिविधिमा कसरी संलग्न हुन्छ भन्ने विषयमा जानकारी गराएका थिए । अपराधिक क्रियाकलापबाट बच्न तथा अपराध तथा गैरकानुनी घटनाकाे जानकारी प्रहरीलाई गराई असल नागरिककाे दायित्व बहन गर्नुपर्नेमा विद्यार्थीलाई प्रशिक्षण समेत दिएका थिए । लागू अाैषधले पुर्याउने हानि तथा दुर्व्यसनीबाट बच्नका लागि समेत सचेत गराएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आदिम के.सी., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेविन्द नेपाली, शिक्षक गुरूप्रसाद के.सी. र तिलकराम अधिकारीले मन्तव्य राखेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।