‘दलित एकता संजाल नेपाल’मलेसियाबाट मिर्गौला पीडितलाई सहयोग



काठमान्डौ ।  सामाजिक काम र अभियानमा सधैं अग्रस्थानमा रहेको दलित एकता संजालले दुखी , गरिब , असह्यय र बिरामीहरुलाइ सहयोग गर्दै आएको छ ।
दलित एकता संजाल नेपाल , मलेसियाले दुबै मृगौला पीडित मोरङ जिल्ला उर्लाबारी नगरपालिका मंगलबारे निवासी तुलसा बिश्वकर्माको उपचारको लागि मलेसिया संजालले सहयोग संकलन गरि पठाएको अठार हजार पाँच सय साठी रुपैया   संयोजक सरु सुनारले बिरामीका श्रीमान सोभित रपाललाई हस्तान्तरण गर्नु भएको हो ।

पाँच बर्ष देखि मिर्गौलाको समस्याले ग्रस्त श्रीमतीलाई उपचार गर्दा गर्दा सबै सम्पत्ती सकिए पछि सोभित रपालले बिगत ५ महिना देखि डाइलसिस गराइ श्रीमतीलाई बचाइरहेका छन् ।
मिर्गौला किन्न र फेर्न  अठार देखि बिष लाख  लाग्ने र आफुसित पैसा नहुदा अरु उपचार गर्न नसकेको दुखेसो गर्दै सहयोगको लागि अपिल गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्