गिरिराज नेपाली
दाङ २२ जेठ । दायाँ हातमा लटठी, बायामा हातमा हलो, टाउकामा बर्कीको मुुरेटो, पसिनाले चुत्थ्रुक भिजेको लुुगा र लुथ्रुुक्क परेको अनुुहारले प्रष्ट देखाई रहेको थियो, हलो जोत्नुुको दुख । अझ त्यसमा महिला, बाटो छेउको बारीमा मकै छर्न हलो जोतिरहेकी तुलसीपुर –१८ की २६ वर्षिय बिपना पुुनलाई कतिले अचम्म मानेर हेर्र्छन । महिलाले हलो जोतेको भनेर । तर त्यसको कुनै प्रवाह छैन उहाँलाई । हलो जोत्नु उहाँको पेशा नै बनिसकेको छ । बेरोजगारीले श्रीमानलाई खाडी पु¥याएपछि आफुले बारीको हलो समाउनुु परेको उहाँले बताउनुुभयो । बेरोजगारीको दुख श्रीमानले खाडीमा र आफुले बारीमा व्यहोर्नुु परिरहेको उहाँको भनाई छ । उहाँले भन्नुुभयो– ‘घरका घर छैनन् । कमाउन गाछन् । बारी बाँझै राख्नुुभैन । जेनतेन गर्नुपरिरहेको छ ।’ बैदेशिक रोजगारल बालक र बृद्ध गाउँमा बचेकाले महिलाहरु यस्तो बाध्यता खेप्नुु परिरहेको छ । घरको खेतीपाती देखि गाउँमा मर्दापर्दा सम्मको सबै जिम्मेवारी महिलाले धान्नु परिरहेको उहाँले बताउनुुयो ।
बढ्दो बैदेशिक रोेजगारीले गाउँमा युवाहरु नहुदा घरको भातभान्सा देखि खेती किसानी, जन्ती मलामी सम्मको कामसबै महिलाहरुले चलाउदै आइरहनुु परेको छ । ‘ बारीमा मात्रै हैन कहिले काँही जुठो घरमा बसिलाग्ने सम्म महिलाहरु जानुु परेको छ । ’ – उहाँले थप्नुुभयो – ‘ गाउँमा कि बृद्ध कि बालक मात्रै छन जोतखन सक्ने गर्छन नसक्नेका घरमा सबै महिलाहरुले नै गर्ने हो ।’
राज्यले यही रोजीरोटीको व्यवस्थापन गर्न सके महिलाहरु खाडीले उब्जाएको दुुख महिलाहरुले निकै भोग्नुु परिरहेको छ । घरमा बाबु, दाजुभाईहरु नहुदा कहिले काँही स्कूूल छोडेर पनि बारीको कामकाज गर्नुुपर्ने बाध्यता खेप्नु् परिरहेको स्थानीय लक्ष्मी पुुनले बताउनुुभयो । रोजगार अभावका कारण यता महिलाले बारीको दुुख र उता बाबु, दाजुभाई खाडीको दुुख भोग्न परिरहे पनि राज्यले त्यसको उसचित व्यवस्थापनका लागि केही काम गर्न नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो– ‘ महिलाले पनि पुुरुष सरह काम गर्न सक्छन भन्ने कुरा देखिरहेको छ । तर यसको भित्रि पीडा धेरै छ । ’
राज्यले कृषि, उद्योग लगायतका क्षेत्रको विकास गर्न सके महिलाहरुले बारीको हलो र पुरुषले खाडीमा पसिना बगाउन नपर्ने उहाँको भनाई छ । उहाँले भन्नुुभयो– ‘ हलो जोत्नुुलाई हामीले दुुखमा मान्दैनौ महिलाहरु हलो जोत्न सक्छन भन्ने कुरा देखाइरहेको छौं । तर राज्यले कृषि विकासमा महिलाहरु सहभागिताको विकास गर्न सकोस् । ’
मुल्य छैन कृषिको
जति दुख गरेर कृषि बस्तुुको उत्पादन गरे पनि त्यसले उचित मुल्य नपाउदा युुवाहरु कृषि छोडेर बिदेशीने गरेका स्थानीय दलसरी रोकाले बताउनुुभयो । कृषि बस्तुुको मुल्य र किसानीको सम्मान हुुन सके युुवाहरु बिदेश छोडी कृषिमै रमाउन सक्थे । तर मुल्य अभावका कारण युुवाहरु बिदेशीने गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नुुभयो– ‘ यता हामी गर्छौ उताबाट श्रीमान र छोराहरुले पैसा पठाउछन नहुुनुु भन्दा केही सजिलो भाछ । ’ जसको बाध्यताको दुुख महिलाहरुले पनि भोग्नुु परिरहेको छ ।
बाध्यताको रोजगारी
रोजगारीको अवसरहरु खुल्न नसक्दा युुवाहरु जम्मै बैदेशिक रोजगारीमा पलायन हुनुपरिरहेको स्थानीइ रामु रोकाले बताउनुुभयो । लामो समय बैदेशिक रोजगार बिताई सक्नुुभएकाले रोकाले भन्नुुभयो – ‘ हिजो नपढेका कारण बिदेश जानुुपर्ने थियो ।आज पढेका पनि जानुु परिरहेको छ । ’ जसको मार महिलाहरुले खेप्नुु परिरहेको छ । उद्योगधन्दाको विकासको अभाव र शैक्षिक बेरोजगारीको दर ह्वात्तै बढ्दा गाउँमा यस्तो समस्या देखिएको बताउनुुभयो । ‘बेदैशिक रोजगारीले पैसा घरमा आएको छ । तर उता पनि मस्तै दुुख छ । ’ – उहाँले थप्नुुभयो । बिदेशमा बगाउने पसिना स्वदेशमै बगाउन सके परिवार साथमा बसेर, घरकै तातो गाँस खाएर सुख मनले बस्न पाईन्थ्यो । राज्यले यसतर्फ ध्यान पुु¥याउन नसक्दा युवाहरु बिदेशीनुु परिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।