रोहिंग्या मुस्लिम विद्रोहीद्धारा एकतर्फी युद्धविराम घोषणा



 

सैघाली दखर
काठमाडौं , २५ भाद्र

म्यानमारका रोहिंग्या मुस्लिम विद्रोहीले एक महिनाका लागि एकतर्फी युद्धविराम घोषणा गरेका छन् ।सरकारी सेनाको कारबाहीबाट मानवीय संकट उत्पन्न भएको भन्दै यसबाट बाहिर निस्कन रोहिंग्या विद्रोहीको समूह अर्साले एक महिनाका लागि युद्धविरामको घोषणा गरेको हो ।

 

 

युद्धविराम आजदेखि लागू हुनेछ । अर्साले गत अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि म्यानमारको रखाइन प्रान्तमा सेनाले कारबाही चलाएको थियो । जसका कारण लाखौं रोहिन्ग्या घर छाडेर पलायन भएका छन् । संयुक्त राष्ट्रसंघले द्वन्द्वका कारण म्यानमार छोडेका रोहिंग्या मुसलमानको मानवीय सहयोगका लागि तत्काल सात करोड ७० लाख अमेरिकी डलर खाँचो परेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्