५ नं. प्रदेशको केन्द्र दाङ नै बन्छ अनन्त



सैघाली खबर

दाङ, २५ भदौ । नेकपा माओवादी केन्द्रका प्रदेश नम्बर ५ का ईन्चार्ज बर्षमान पुन अनन्तले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुने वताउनु भएको छ । सरकार तयारी स्वरुप अस्थायी मुकाम तोक्ने गृहकार्यमा लागेको वताउनु भएको छ । प्रेस सेन्टर दाङले आईतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो वताउनु भएको हो । सरकारले सबै प्रकृया अन्तिम चरणमा पु¥याएको वताउदै अबको एक दुई हप्ता भित्र सरकारले अस्थायी मुकाम दाङलाई नै तोक्ने बताउनु भयो । पुनले भन्नुभयो दाङ बाहेक प्रादेशिक राजधानीको अन्य बिकल्पै नरहेको भन्दै अब त्यसका लागि सम्पुर्ण पुर्वाधार समेत तयार भै सकेको बताउनुभयो । पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य समेत रहनु भएका पुनले

उच्च अदालत स्थापना, प्रादेशिक प्रहरीको कार्यालय , नेपाल टेलिकमको प्रादेशिक कार्यालय स्थापना संगै अबको केहि समयमै नेपाली सेनाको प्रदेश स्तरिय कार्यालय पनि दाङमा स्थापना गर्ने तयारी भैरहेको वताउनुभयो ।
त्यसका साथै नेपाल आयलनिगमको प्रदेश स्तरिय ईन्धन डिपो समेत दाङमै स्थापना हुने उहाँको भनाई भनाई छ ।दाङ प्रादेशिक राजधानी बनाए नेपालगंज, वुटवल,लगाएतका विभिन्न शहरलाई पर्यटन व्यापारिक,औद्योगिक शहरका रुपमा विकास गरिने वताउनुभयो ।

एक अर्को प्रसंगमा पुनले मंसिरमा तय भएका दुई चरणका निर्वाचनमाथि आशंका नगर्न पनि उनले आग्रह गर्नुभयो । पहिलो र दोश्रो निर्वाचन भन्दा तेश्रो चरणको निर्वाचन शान्ति र भए रहित वातावरणमा सम्पन्न हुने वताउनुभयो । प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव पाण्डव शर्माले गर्नु भएको थियो । भने स्वागत उपाध्यक्ष सन्तोष अधिकारीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्