गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम



इन्द नेपाली
तेह्रथुम। जिल्लाको पश्चिम् छथर गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउका वडा वडामा कार्यक्रम सुरु भएको छ । गाउँपालिकालाई बालमैत्री बनाउने उदेश्यका साथ सबै वडाहरुमा कार्यक्रम सञ्चालन भई रहेको देउराली सोसाईटी तेह्रथुमका मंगल लिम्बुले बताए ।

कार्यक्रममा बाल अधीकार,बालबिबाह,बालबालिका सम्बन्धी कानुनहरु बारेमा छलफल हुने गरेको छ । गाउँपालिकालाई बालमैत्री बनाउनका लागी पुरा गरीनु पर्ने सुचकहरुका साथै अभीयानलाई सफल गर्न गणकहरु छनौट गरी तालिम दिने तयारी भई रहेको सोसाईटीका बलि सेनेले बताए । छथर गाउँपालिकाको आर्थीक सहयोग रहेको अभीयानको सहजीकरण देउराली सोसाईटी तेह्रथुमले गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्