सुतली बम सहित गुल्मीमा जनप्रतिनिधी पक्राउ



 

सैघली खबर

गुल्मी २५ भदौ । गुल्मी प्रहरीले विस्फोटक पदार्थसहित रेसुंगा नगरपालिकाका निर्वाचित वडा सदस्यलाई पक्राउ गरेको छ । लु ३२ प ६६०३ नम्बरको मोटरसाईकलमा राखेर तम्घास ल्याउँदै गर्दा प्रहरीले ३३ थान एक्सपोलोसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलोग्राम बारुद र केही थान सेफ्टिफ्यूजलगायत सामाग्रीसहित रेनपा ८ का नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य ताराबहादुर श्रीसलाई पक्राउ गरेको हो ।प्रहरीले रेनपा २ उदिनढुंगाबाट मोटरसाइकलसहित श्रीसलाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ व्यक्ति र विस्फोटक पदार्थको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्