सैघाली खबर–
काठमाडौं । कैलाली र कचनपुरमा हावाहुरी र चट्यांगमा परी दुई जनाको मृत्यु भएको छ भने सय घाइते भएका छन् ।
कैलालीको टिकापुर नगरपालिका–२, राजीपुरमा कुखुराको खोर भत्किँदा च्यापिएर ४७ वर्षीया लाहानु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ ।
यस्तै कैलालीको गोेदावरी नगरपालिका–८ मा हावाहुरीका कारण विरवहादुर चौधरीको मृत्यु भएको छ ।
यसैबीच, शुक्रवार बिहानै प्रदेश सुरक्षा समितिको बैठक बसेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बिहान प्रदेश सुरक्षा समितिको बैठक बसेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले घाइतेको उपचार तथा राहत वितरणको कार्य गरिने जनाए । साथै घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय समेत भएको मन्त्री शाहले जनाए ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहका अनुसार हालसम्म २ जनाको मृत्यु भएको छ भने कैलालीमा ७६ जना र कञ्चनपुरमा २३ जना घाइते भएका छन् । घाइतेमध्ये ६६ जना उपचारपछि घर फर्केका छन् भने १० जना उपचाररत छन् ।
२ जनालाई उपचारको लागि भारत रेफर गरिएको छ भने बाँकी घाइतेको उपचार कैलाली र कञ्चनपुर जिल्लास्थित विभिन्न अस्पतालमा भइरहेको मन्त्री शाहले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।