बालकृष्ण पाण्डे, हापुरे जेठ २५ बबई गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले समाजमा पिछडिएका दलित र महिलाहरुलाई सामजिक नेतृत्वमा आउन सक्ने बनाउन खाजेको बताउनु भएको छ । अध्यक्ष पौडेलले सामाजिकरुपमा पछाडि परेको वर्गका मानिसलाई क्षमताको अभिबृदी गर्दै नेतृत्वमुखी बनाउने अभियानमा बबई गाउँपालिका लागेको बताउनु भएको हो ।
बबई गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा तिन सम्म सञ्चालन भएको क्षेमता अभिबृद्धी तथा नेतृत्व बिकास तालिमको समापन गर्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका अध्यक्ष पौडेलले नेतृत्व पंतीमा पुग्न यो तालिमको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका कोषाध्यक्ष भिम बिश्वकर्माको अध्यक्षता तथा बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको प्रमुख आतिथ्यता एवम बबई गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर ओलिको बिशिस्ट आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा बबई गाउँपालिका वडा नं. ४ का सदस्य रनबहादुर खत्री, रेडियो हापुरेका स्टेशन म्यानेजर अर्जुन परियार, सहभागिको तर्फबाट चम्पा बुढा लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण संघका सचिब लक्षमण बिस्वकर्माले गर्नु भएको थियो ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।