फेरि मन्त्री मण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा



सैघाली खबर,
काठमाडौैं २५ , भदौ ।प्रधानमन्त्री देउवा छैटौं पटक मन्त्री मण्डल विस्तार गर्ने तयारीमा जुटेका छन् ।

राप्रपाबाट फुटेर बनेको नयाँ दल राप्रपा ९प्रजातान्त्रिक०लाई लिएर प्रधानमन्त्री देउवाले छैटौं पटक मन्त्री मण्डल विस्तार गर्न लागेका हुन् ।

राणाले राप्रपा ९प्रजातान्त्रिक० तर्फबाट चार जनालाई मन्त्री, चार जनालाई राज्यमन्त्री र चार जनालाई सहायक मन्त्री बनाउन माग गरेका छन् । तर अहिले धेरैजनालाई मन्त्रिपरिषद्मा सहभागी गराएर थप आलोचना खप्ने पक्षमा प्रधानमन्त्री नरहेको बालुवाटार स्रोतको भनाइ छ ।

स्रोतका अनुसार राप्रपा प्रजातान्त्रिकले ४ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले भने ३ वटा मन्त्रालय दिएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमध्येबाट ३ मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने तयारी गरेका हुन् ।

राणाले दिएको सूची अनुसार दीपक बोहोरा, सुनील थापा, बिक्रम पाण्डे र रामकुमार सुब्बालाई मन्त्रीमा सिफारिस गरिएको छ ।

देउवाले जेठ २४ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । उनले जेठ २८, असार २, साउन ११ र भदौ ४ गते मन्त्रिपरिषद विस्तार गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्