माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट



काठमान्डौ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट भएको छ। अज्ञात समूहले कार्यालयमा बिहान करिव दुई बजेतिर बम विस्फोट गराएको हो।

भाडामा लिएका सम्पर्क कार्यालयको घरको पूर्व तर्फको भित्तामा समूहले प्रेसर कुकर बम विस्फोट गराउँदा क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीका अनुसार तुर्माखाँद गाउँपालिका ३ असराघाटका दीपक बिसीको घरको शौचालयमा अज्ञात समूहले बम विस्फोट गराउँदा टिनले बनेको शौचालयमा क्षति पुगेको छ भने घरको पूर्वी भित्ताको भाग चर्केको र बिसीकै घरको बरण्डामा राखेको भे ७ प ९६९८ को मोटरसाइकलमा आगजनी गरिएको छ।

बम विस्फोट भएको खबर पाउने वित्तिकै शाहीसहित ७ जनाको टोली घटनास्थल पुगेको थियो। विस्फोट गराउनेको खोजी गर्न प्रहरी परिचालन गरिएको उनले बताए।

घटनास्थलदेखि किलोमिटर पूर्व कर्णाली नदी पारी दैलेखको आठविस नगरपालिका १ डावमा अपर कर्णाली हाईड्रोपावरको सुरक्षार्थका लागि सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा शसस्त्र प्रहरी बलको बेस क्याम्पसमेत छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्