क्रिकेट प्रतियोगिताका लागि सहयोग जुट्दै, भटराई द्धारा १० हजार प्रदान



सैघाली खबर,
दाङ २५ , भदौ ।

आगामी असोज २१ गते देखी दाङमा हुन लागेको दंगाली टी ट्वाण्टी कप क्लव स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि आर्थिक सहयोग संकलन जुट्ने क्रम जारी रहेको छ ।

अहिले सम्म १० हजार देखी एक लाख १० हजार रुपैयाँ सम्म व्यक्तिगत आर्थिक संकलन भएको क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँले जानकारी दिएका छन् ।

यसैक्रममा प्रतियोगिताका लागि काठमाडौं निवासी उपेन्द्र भट्टराईले १० हाजार सहयोग गरेका छन् । नेपाल क्रिकेट संघका पुर्ब उपाध्यक्ष समेत रहेका भटराईले संघका अध्यक्ष मजगैयाँलाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

अहिले सम्म घोराहीका रमेश केसीले खेललाई प्रायोजना गर्दै एक लाख १० हजार सहयोग गरिसकेका छन् । त्यसैगरी, सिसा नेपाल द्धारा ५० हजार, फ्रेण्डस सुपरमार्केट द्धारा २५ हजार र घोराहीका लिलाधर पाण्डेले छोराको जन्मदिनका अबसरमा १० हजार सहयोग गरेको संघका उपाध्यक्ष अशोक रोकाले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्