‘प्रदेश राजधानी दाङ ः पोख्रेल ’



सैघाली खबर
दाङ २५ , भदौ
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले प्रदेश नं। ५ को प्रदेश राजधानी दाङ बन्ने ठोकुवा गरेका छन् । आइतवार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहेका पोख्रेलले प्रदेश नं। ५ मा राजधानिको लागि दाङको विकल्प नरहेको बताए ।  

उनले एमालेका विरुद्धमा अनेक हल्लाहरु फैलाएर एमाले दाङ भन्दा बुटवल राजधानी बनाउन चाहान्छ भन्नु सरासर गलत हुने बताए । सबैको साझा प्रयासवाट मात्रै राजधानीको अस्थायी मुकाम तोक्न सजिलो हुने उनेको धारणा थियो । भूगोल, सुरक्षा लगायत सबै दृष्टिकोणले दाङ प्रदेश राजधानीका लागि उपयुक्त स्थान भएपनि अन्य सहरहरु बुटवल र नेपालगञ्जको विकास पनि समान स्तरले गरिने उनले बताए ।

नेपालगञ्जलाई औद्योगिक सहर, बुटवललाई पर्यटकिय सहर र दाङलाई प्रशासनिक केन्द्रका रुपमा विकास गर्न राष्ट्रियताको सवालमा केपी ओलीले राजा महेन्द्रका भन्दा राम्रो काम गरेकै कारण सत्ता वाट हटाउने षडेन्त्र भएको दाबी गरेका हुन ।

 

प्रदेश र प्रतिनिधी सभाको निर्वाचन एकै चरणमा गराउँदा एमाले विजयी बन्ने त्रासले सरकारले मंसिरको निर्वाचन दुई चरणमा गराउन खोजेको उनको आरोप छ । पहिलो चरणमा पराजित भएपछि दोस्रो चरणमा गठवन्धन गर्ने उदेश्यका साथ दुई चरणमा निर्वाचन गराउन खोजिएको भएपनि अब एमाले संगै एक्लै भिड्न सक्ने हैसियत कुनै दलको नभएको जिकिर गरे । दाङ प्रदेश नं। ५को राजधानी बन्नेमा कुनै आशंका नगर्न उनको आग्रह थियो ।

 

प्रदेशका सबै ठाउँलाई एकीकृत विकास गर्नका लागि दाङ राजधानी बन्न आवश्यक रहेको नेता पोख्रेलले बताए । भारतीय सिमाना देखि ६५ किलोमिटरको दुरीमा रहेको सुरक्षित स्थान, पहाडले घेरिएको, ठूलो उपत्यका, पूर्वाधार निर्माणमा सजिलो भएको हुँदा दाङलाई राजधानी बनाउने सवालमा तनावको विषय बन्न नहुने उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्