सार्वजानिक सेवालाई नागरिक मैत्री बनाउनुपर्छ –एआईजी लामा



सैघाली खबर
दाङ २५ , भदौ
सार्वजनिक यातयातको क्षेत्रलाई मर्यादित व्यवसायको रुपमा विकास गर्न आवश्यक रहेको प्रदेश नं.पाँचका प्रहरी प्रमुख एआईजी मिङमार लामाले बताएका छन । परिवर्तित समय अनुसार सार्वजनिक यातायातलाई व्यवस्थीत र मर्यादित व्यवसायका रुपमा विकासगर्दै यातायात क्षेत्रलाई नागरिक मैत्री सेवा बनाउन आवश्यक रहेको बताए ।

स्वर्गद्धारी टिप्पर व्यवसायी समिति दाङले सोमवार घोराहीमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले पञ्त्यक्ष सर्वसाधारण नागरिकहरुसँग जोडिएको यातायात क्षेत्रलाई मर्यादित र व्यवस्थीत बनाउन सके मात्र नागरिकहरुले सहज रुपमा यातायातको उपयोग गर्न सक्ने बताए । परिवर्तित समयमा मध्यनजर गर्दै यातायत क्षेत्र सम्मालेको निजि क्षेत्रले यातायातलाई सेवालाई नागरिकमैत्री बनाउन सके नागकिहरुले सहज रुपमा सेवासँगै सडक दुर्घटनामा कमी आउने एआइजी लामाको बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले यातायात व्यवसायलाई व्यवस्थीतसँगै सडक पुर्वाधारको विकासमा घोराही उपमहानगरपालिका लागि परेको बताए । ‘दाङ सम्भावित राजधानीका रुपमा रहेको जिल्ला हो’–प्रमुख चौधरीले भने–‘प्रदेश राजधानीका लागि आवश्यक पर्ने सडक पुर्वाधारलाई मध्यनजर गर्दै सडकको विकास लागेको ।’

त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, स्वर्गद्धारी टिप्पर व्यवसायी संघ दाङका सल्लाहकार खड्रग बुढाथोकी,नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उप महासचिव सुरेश हमाल लगायतले वताए ।कार्यक्रममा संघीय इकाई प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख मिङमार लामा,तुलसीपुरका एसएसपी दिलिप चौधरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा चन्द, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखे्रल,केन्द्रीय सचिव उदय जिएम,शशस्त्र प्रहरी ज्वालामाई गण भालुवाङका प्रमुख जयबहादुर खड्रका र सिमा सुरक्षा बल अर्जुन खोलाका प्रमुखलाई दिलिपकुमार शर्मा खादा,मायाको चिनो प्रदान गरिएको थियो । स्वर्गद्धारी टिप्पर व्यवसायी समिति दाङका अध्यक्ष भरतनाथ योगीको अध्यक्षता तथा महासचिव बसन्त अधिकारीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको संचालन पत्रकार आरके शितलले गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्