‘अनुत्तिर्ण दाङको ,उतिर्ण नगर’



गिरिराज नेपाली
दाङ २५ , भदौ
नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले सार्वजानकि गरेको न्युनतम शर्त मापदण्ड कार्यविधि कार्यन्वयन निर्देशन शर्त ‘ एमसिपिएम’मा जिल्ला विकास समिति दाङ अनुत्तिर्ण भए पनि घोराही उप–महानगरपालिका ‘साँविक नगरपालिका ’ नेपालभरकै प्रथम नगरपालिकाका रुपमा घोषित भएको छ ।

नेपालभरमा ५८ वटा नगरपालिका मध्ये हालको घोराही उप–महानगरपालिकाले १० न्युनतम शर्त र ४० नियमन निर्देशिका कार्यन्वयनमा उत्तिर्ण भएको छ । भने हालको जिल्ला समन्वय समिति दाङ अनुत्तिर्ण भएको छ । जिल्ला समन्वय समितिले मन्त्रालयले जारी गरेको १० शर्त र ४० कार्यन्वयन मापदण्डमा ९ शर्त र ३७ कार्यन्वयन मापदण्ड मात्रै पुरा गरेको जिल्ला समन्वय समिति दाङले जनाएको छ ।

नेपाल सरकारले जारी गरेको विधि , ऐन–नियम , निर्देशिका तथा कार्यविधि लाई ऐन नियम अनुसार कार्यन्वयन गर्न नसक्दा दाङ जिल्ला मन्त्रालयको कार्यविधि सम्पदान तथा छनौटमा सफल हुन नसकेको जिल्ला समन्वय समिति दाङका सुचना अधिकारी कृष्ण केसीले वताए । नेपाल सरकारले जारी गरेका शर्त ,नियम अनुरुप जिल्ला विकास समिति ‘जिल्ला समन्वय समिति’ दाङले सफलता पुर्वक कार्यन्वयन गरे पनि केही शर्त र नियम कार्यगत ÷स्थलगत रुपमा पुरा गर्न नसक्दा दाङ जिल्ला नै मन्त्रालयको कार्यमापन सुचकमा असफल हुन गएको वताए ।

२०६३ साल मंसिर ११ गतेको मन्त्री स्तरिय निर्णयले गठित स्थानिय निकाय वित्तिय आयोगले साँविकका स्थानिय निकायहरु न्युनतम शर्त तथा कार्य सम्पादन सुचक आधारमा आर्थिक वर्ष २०७२÷७३को कार्य मुल्याकनमा जिल्ला विकास ‘समन्वय’ समिति दाङ अनुत्तिर्ण भएको हो । कार्य सम्पादनमा तथा शर्त कार्यन्वयन आदेश लाई जिल्ला विकास समिति दाङले लागु गर्न उक्त शर्त पुरा गर्न सकेन ।

मन्त्रालयले जारी गरेको १० शर्त र ४० कार्य सम्पादन सुचक मध्ये कुल १ सय पुर्णाङकमा ६३ अङक प्राप्त गरेको जिल्ला समन्वय समिति दाङका सुचना अधिकारी केसीले वताए । अन्य सवै शर्त तथा कार्य सम्पदानहरु पुरा गरे पनि योजना सम्पादन तथा कार्यन्वयनमा उपभोक्ताहरुले नियम संगत गर्न नसक्दा जिल्ला समन्वय समितिले कार्य सम्पादन मुल्याङकनमा असफल भएको उनले वताए ।

उनले भने – ऐन र नियममा चलेको जिल्ला समन्वय समिति अर्थात साँविकको जिल्ला विकास उपभोक्ताहरु चाँसो जागरुकताका कारण कार्य मुल्याङकनमा शर्त पुरा गर्न सकेन । ’ कार्य सम्पादन मुल्याङकनमा जिल्ला विकास विफल हुनु नै दाङ असफल रहेको उनले वताए । केसीले भने सुशासन प्रर्वद्धनका लागि राज्यले केही कार्यविधि सहितको निर्देशन दिए उक्त निर्देशन लाई उपभोक्ताले बर्खिलाप गर्दा जिल्ला विकास समितिले यस्तो असफलता व्यहोर्न परेको उनले वताए ।

तर जिल्ला साँविकको जिल्ला विकास समिति कार्य सम्पादन मुल्याङकनमा घोराही उप–उपमहानगरपालिका ९१ अङक प्राप्त गरी मुलुककै सफल हुन पुगेको घोराही उप–महानगरपालिका प्रथम भएको छ । घोराही उप–महानगरपालिका सुचना अधिकारी प्रेम केसीका अनुसार आर्थिक वर्ष २०७२÷७३को कार्य सम्पदानमा घोराही नगरपालिका मुलुककै पहिलो नगरपालिका वनेको उनले वताए । उनले भने मन्त्रालयले निर्देष्ट्र गरेका निति तथा कार्यक्रमहरु लाई विधि नियम संगत परिपालन गरी नमुना योग्य नगरपालिका रुपमा घोषणा भएको उनले वताए । केसीले भने – आर्थिक वर्ष २०७२÷७३मा घोराही नगरपालिकाले तोकिएका शर्त र मापदण्डहरु पुरा गरेर नेपालका ५८ नगरपालिका मध्येकै प्रथम नगरपालिकामा घोषित भएको उनले वताए । उनले भने – ‘ घोराही उप–महानगरपालिकाले नेपालकै पहिलो नगरपालिकाहरुमा मुल्याङकन भएको छ । ’ जुन दाङवासीका लागि गौरवको विषय हो । तर नगरपालिका लाई अझै नगरवासीले जुन सहयोग गर्नु पर्ने थियो । त्यो अझै वाँकी रहेको केसीले वताए । कार्य सम्पादन मुल्याङकनमा सफलता पाएको घोराही नगरपालिकाले विकासका लागि सरकार वाटा पाउनु पर्ने जुन अनुदानको रकम छ । त्यसमा अवको चालु आर्थिक वर्ष २०७४÷७५ मा २० प्रतिशत थप वजेट पाउने छ । भने नुमना योग्य नगर क्षेत्र विकासका लागि १ करोड रकम प्राप्त गर्ने उनले वताए । उनले भने – २०६६÷६७ साल पछि केही समय निरन्तर कार्य सम्पादन मुल्याङकनमा सफल हुदै आएको घोराही उप–महानगरपालिका गत आर्थिक वर्ष २०७२÷७३ कार्य सम्पादन मुल्याङकनमा पनि सफल भएकाले दाङको विकासका लागि थप टेवा पुगेको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्