महिला पत्रकारहरु सहभागिता सुनिश्चिता गरौ ः पोख्रेल



सैघाली खबर
दाङ २५ , भदौ

नेपाल पत्रकार महासघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकारीता क्षेत्रमा महिला सहभागिता सुनिश्चितताको लागी महासंघले नीतिगत ब्यबस्था गर्ने बताएका छन् । उहाले पत्रकारीता क्षेत्रमा क्रियाशिल महिलाहरुको सहजताका लागी महासंघले आबश्यक सुचना र जानकारी दिन ‘हटलाइन सेवा सचालन’ को तयारी भैरहेको समेत बताए ।

महिला भएकै कारण गरिने असमान ब्यबहार, कार्यकक्षमा हुन सक्ने र्दुब्यबहार र महिला पत्रकारले आफुले चाहेको बिटमा समाचार लेख्ने बताबरण बनाई मोफसलका पत्रकार महिलाहरुलाई मुलधारको मिडिया संग प्रतिस्पर्धा गर्न सक्ने बाताबरणको श्रृजना गर्न महासघको नयाँ नेतृत्वले महिलापत्रकारको क्षमता र दक्षता अभिबृदि गर्न बिशेष तालिमको ब्यबस्था गर्ने पोख्रेलले बताए । क्रियाशिल पत्रकार महिला डब्लु डब्लुजे दाङ द्धारा सन्डेक्लब कार्यक्रम अन्र्तगत आज घोराहीमा आयोजित पत्रकारीतामा महिला सहभागिता सुनिश्चततामा नेपाल पत्रकार महासघको अबको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पोख्रेलले यस्तो बताएका हुन् ।

क्रियाशिल पत्रकार महीला डब्लु डब्लु जे दाङका अध्यक्ष सन्ध्या रेग्मिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले बदलिदो परिस्थितीमा प्रतिस्पर्धात्मक रुपमा अगाडी बढ्न पत्रकार महीला स्वयम्ले बिशेष ध्यान दिनुपर्ने बताए ।

सो अबसरमा नेपालपत्रकार महासघ दाङका अध्यक्ष सबिन प्रीयासन, क्रियाशिल पत्रकार महिला मध्यपश्चिम सल्लाहकार लिला शाह, क्रियाशिल पत्रकार महिला दाङका संस्थापक अध्यक्ष बसुन्धरा गौतम, नेपाल प्रेसयुनियनका केन्द्रिय सदस्य सुलोचना गौतम, लगाएतले पत्रकारीता क्षेत्रमा महिलाको समान सहभागिताका लागी महासघले बिशेष भुमिका खेल्नुपर्नेमा जोड दिए । क्रियालि पत्रकार महिला दाङका उपाध्यक्ष रिता लामाको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजिकरण निरला अर्याल गैरेले गरेकीथिईन् । सो अबसरमा महासंघका नब निर्बाचित केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेल र सचिब उदय जिएमलाई सम्मान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्