गाउँमै निशुल्क स्वास्थ्य शिविर आउँदा स्थानीय खुसी



ओमप्रकाश गुप्ता।
भालुवाङ सरुमारानी गाउँपालिका २ ददेरीकी ७५ वर्षीया अमता थापा दम रोगले थलिएकी थिइन् । गाउँ नजिकै दमको औषधी पाएपछि उनी निकै खुशी भइन् ।

उनले भनिन् वडा कार्यालय र राप्ती पोलिक्लिनीकले गाउँमै आयोजना गरेको शिविरमा निशुल्क औषधी पाइयो । डाक्टरहरुको सल्लाह लिन पनि पाइयो । अब मलाई सञ्चो हुनेभयो ।

राप्ती गाउँपालिका वडा नम्बर २ की नमिसरा रोकामगरले पनि निशुल्क स्वास्थ्य शिविरमै स्वास्थ्य सेवा पाउँदा निकै खुसी लागेको बताइन् । उनले भनिन् ‘हाम्रै गाउँमा डाक्टरहरु आए । डाक्टरको सल्लाह अनुसार औषधी पनि पाए । यसले मलाई ज्यादै खुसी लाग्यो ।

राप्ती गाउँपालिका वडा नम्बर १ दाङ र सरूमारानी गाउँपालिका वडा नम्बर २ प्युठानको संयुक्त आयोजना एवम् राप्ती पोलिक्लिनीक राप्ती गाउँपालिका १ भालुवाङको प्राविधिक सहयोगमा राप्ती गंगा आधारभुत विद्यालय राप्ती गाउँपालिका १ शान्तिपुरमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा २ सय बढी नागरिकले सेवा लिएका छन् । जसमा १०५ जनाको सुगर र ८० जनाको युरिन चेकजाँच गरिएको पोलिक्लिनीककी सञ्चालक तथा ल्याप टेक्निसियन सरिता खड्काले बताइन् ।

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको राप्ती गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पुर्णजंग रेश्मीले बताए ।

शिविरमा विभिन्न रोगको चेकजाँच, ब्लडसुगर, ब्लडप्रेसर,पिसाव,रगत परिक्षण, निशुल्क औषधी वितरण र तौल चेकजाँच लगायतका सेवाहरु प्रदान गरिएको थियो । शिविरमा डा। शान्त रोका, ल्याप टेक्निसियन सरिता खड्का, एच।ए सागर खासुमगर, फार्मेसीय किरण वली, ल्याव असिस्टेन बबिता भट्टराई, गनाह स्वास्थ्य इकाई केन्द्रका अहेव एकबहादुर हुन्छुङ, ददेरी स्वास्थ्य इकाई केन्द्रका अनमी विन्दु बस्नेत लगायतले स्वास्थ्य चेकजाँच तथा परिक्षण गरेका थिए ।

सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको सरुमारानी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य मिन्टुकुमार गुरुङले बताए । उनले भने ‘हाम्रो समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्यता छन् । त्यस्ता नागरिकका लागि शिविरले सहयोग पु¥याएको हामीले महसुस गरेको बताए ।

वडा कार्यालयहरुले दाङ र प्युठान जिल्लाका दुई छिमेकी गाउँपालिका अन्र्तगत २ वटा वडाका नागरिकलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको भएपनि अन्य ठाउँका नागरिक समेत उपचारका लागि शिविरमा पुगेका थिए । राप्ती गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पुर्णजंग रेश्मीको अध्यक्षता एवम् डाक्टर शान्त रोकाको प्रमुख आतिथ्यतामा भएको शिविरमा स्वागत नेत्र खनालले गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्