एकदिनको फरकमा श्रमिान ÷श्रीमतीको मृत्यु



सैघाली खबर,
दाङ २६ भदौ
दाङ शान्तीनगरका एक दम्पत्तीको एकै दिनको फरकमा श्रीमान श्रीमती दुवैको मृत्यु भएको छ । आईतवार विहान ५ वजे वाँकेको शम्शेरगंजमा मोटर साईकल दुर्घटनमा परि मृत्यु भएका दाङ शान्तीनगर ढक बहादुर केसीको घटना स्थलामा मृत्यु भए पनि उनकी श्रीमतीको पनि सोमबार मृत्यु भएको छ ।

श्रीमान संगै घाइते भएकी सिता केसीको आज विहान ४ बजेतीर उपचारको क्रममा भारतको लखनौमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।सुर्खेत परीक्षा दिन गएको र फर्कदा आइतबार बिहान दुर्घटना भएको हो।

सिता शान्तिनगर ३ स्थीत विपि उमावि वयालेकी पूर्व विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष समेत हुन् । शोकमा आज एक दिन विद्यालय बन्द हुने भएको छ ।

नेपालगञ्जबाट दाङ तर्फ भे ५ प ४२४ नम्बरको मोटरसाइकलमा आउदै गर्दा ढक बहादुरलाइ ना ४ ख ५६५३ नम्बरको बसले शम्शेरगञ्जमा ठक्कर दिएको थियो ।मृत्क दम्पतिको एक छोरा र एक छोरी रहेका छन।

मृत्क ढक बहादुर श्री सरस्वती नि मा बी जुम्लेकुलाका शिक्षक र बयाले क्याम्पसका लेखापाल समेत रहेका थिए।गाडी र चालक प्रहरी नियन्त्रण रहेको बताइएको छ ।मृतक श्रीमान श्रीमतीको शव भेरि अञ्चल अस्पतालमा पोष्टमार्टम गरेर आजै दाङ ल्याउने तयारि रहेको पारीवारीक श्रोतले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्