मुख्य समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नबनियुक्त तीन मन्त्रीले लिए सपथ

By थाहा अनलाइन

September 11, 2017

सैघाली खबर, काठमाण्डौ २६ भदौ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरूले पद तथा गोपनियताका सपथ लिएका छन् ।

उनीहरूले सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताका सपथ लिएका हुन् ।

राप्रपा प्रजातान्त्रिक का तर्फबाट मन्त्रिपरिषद्मा प्रवेश गरेका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन तथा भू संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान सपथ ग्रहण गराएकी हुन् ।

उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका रेशम लामाले पनि आजै सपथ लिने कार्यक्रम छ । उनको सपथ भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुनेछ ।

सरकारमा ३ मन्त्री र १ राज्यमन्त्री थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५४ सदस्यीय भएको छ ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर राप्रपा प्रजातान्त्रिक बनेपछि पहिलो पटक सरकारमा गएको हो।