रेखा र अार्यनको रुद्रप्रियामा जमेको जोडी



सैघाली खबर
काठमाडौं । नायक आर्यन सिक्देल र नायिका रेखा थापाको जोडी वास्तविक जीवनमा भने झण्डै आठ वर्षसम्म बोलचालै बन्द भयो । एकले अर्कालाई घमण्डीको दोषारोपन लगाउँदै यो जोडी यति लामो समय टाढियो । वास्तविक जीवनमा भने यो जोडीका आफ्नै उतार चढावहरु आए पनि ।
आर्यनले अमेरिकाको बसाइपछि नेपालमा फर्किए भने नायिका रेखा थापाले भने रेखा फिलिम्स छोडी आफ्नै जीवनमा छवि ओझसँग टाढिन् । त्यस्तै चलचित्रको दुनियाँमा एकल संघर्ष गरिरहेकी छिन् ।

त्यस्तै रेखा थापाले निर्माण गरेको पछिल्लो फिलिम ‘रुद्रप्रिया’मा भने यो जोडी पुन देख्न पाइने भएको छ । आगामी कात्तिक २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रको अहिले धमाधम गीतको छायांकन कार्य भइरहेको छ ।
एक गीतका लागि नायक सिक्देल र नायिका रेखालाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ ।

गुलाफको पत्तासँग रेखा र आर्यन रोमान्टिक मुड लोभलाग्दो छ । यो रोमान्टिक वातावरण पनि फिल्म ‘रुद्रप्रिया’कै लागि थियो । चलचित्रको ट्रेलर सार्वजनिक गर्नुअघि गीतको छायांकन सम्पन्न गर्ने खोजिएको यस फिल्मको गीतको छायांकन भइरहेको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको गीतको भिडियो निकै नै राम्रो बनेको रेखाको भनाई छ ।
फिल्म रुद्रप्रियालाई सुदिप बबी भूपाल सिंह निर्देशन गरेका हुन् । फिल्ममा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्