एसिसी यु १९ एसिया कप छनोट : नेपाल २५५ रनले विजयी, थाइल्याण्ड २६ रनमा अलअाउट



सैघाली खबर,
काठमाडौं, २६ भदौ ।– मलेसियामा भइरहेको एसिसी यु १९ एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडमाथि शानदार जित हासिल गरेको छ ।
नेपालले थाइल्याडलाई २ सय ५५ रनले हराएको हो । नेपालका लागि सन्दिप लामिछानेले सात विकेट लिए । त्यस्तै किशोर महतो, नन्दन यादव र शहाब आलमले एक(एक विकेट लिए ।२८२ रनको लक्ष्यसहित मैदानमा आएको थाइल्याडले १० ओभरमा २६ रन बनाएर आफ्नो सबै विकेट गुमाएको छ ।
थाइल्याण्डका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि मलेसियाको ओमन क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो ।

नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रनको योगदान गरे ।
त्यस्तै, ओपनर सन्दिप सुनार ३२, रोहितकुमार पौडेल २८, आशिफ शेख २२ र कप्तान दिपेन्द्रसिंह ऐरी २१ रनमा आउट भए । पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे । १९ बल खेलेका पवनले २ छक्का सहित नटआउट २२ रन बनाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्