खप्तड पुग्ने छोटो पदमार्ग निर्माण



काठमाडौँ । पर्यटकीयस्थल खप्तड जानका लागि अछामबाट पैदलमार्ग निर्माण भएको छ । साँफेबगर नगरपालिकाको वडा नं १२ उनिसैनबाट तीन घण्टामै खप्तड पुग्ने गरी पदमार्ग निर्माण गरिएको हो ।

साँफेबगर नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा तथा खप्तडका स्थानीयवासीको सक्रियतामा पैदलयात्रामा सहजताका लागि बाटो निर्माण गरिएको बताइएको छ । उनिसैनदेखि गणेश मन्दिरसम्मको पदमार्ग निर्माण भएसँगै अछामबाट खप्तड जानेका लागि यात्रा छोटिएको छ । उनिसैनदेखि गणेश मन्दिरसम्मको पैदलमार्ग निर्माण भएसँगै अछामबाट जाने अन्य सबै रुटभन्दा छिटो खप्तड पुगिने स्थानीय हर्क रावलले बताउनुभयो । बाटो निर्माण हुनुपूर्व अप्ठेरो बाटो पाँच÷छ घण्टा लाग्ने भए पनि अब दुई घण्टामै खप्तड पुग्न सकिने रावलको भनाइ छ ।

उनिसैन पर्यटकीय सेवा केन्द्रका सञ्चालक भीम रावलले पैदलमार्ग निर्माण भएसँगै पर्यटक पनि बढ्दै गएको बताउनुभयो । बाटो निर्माण हुनु पहिले महीनामा १५÷२० मात्र हिँड्ने गरेकामा पछिल्लो समय दैनिक २० जनासम्म पर्यटक खप्तड जाने गरेको उहाँको भनाइ छ ।

नगरपालिकाको सहयोगमा निर्माण भएको पदमार्गको स्थलगत निरीक्षण गर्दै साँफेबगर नगर उपप्रमुख विर्मला बुडथापाले पर्यटकलाई सहजरूपमा खप्तडसम्म पु¥याउने उद्देश्यले यो कार्य गरिएको बताउनुभयो । “अछामबाट खप्तड घुम्न जानका लागि सात किलोमिटर हिँड्न सजिलो हुनेगरी पदमार्ग बनाएका छौँ, खप्तड घुम्न आउनेहरूका लागि हामी निमन्त्रणा गर्न चाहन्छौँ” नगर उपप्रमुख बुडथापाले भन्नुभयो ।

यस्तै नगरबाटै रु पाँच लाखको सहयोगमा वडा नं १२ स्थित खप्तडको उनिसैनमा घरबास पनि सञ्चालनमा ल्याइएको छ । अब साँफेबगर हँुदै खप्तडको उनिसैन पुगेर घरबासको आनन्द लिई दुई घण्टामै खप्तड पुगेर रमाउन सकिने साँफेबगर नगर कार्यपालिका सदस्य शङ्कर भुलले बताउनुभयो ।रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्