घोराहीमा दशै बिषेश साँस्कृतीक कार्यक्रम हुने



सैघाली खबर,घोराही, २६ भदौ।

दाङको घोराहीमा बडा दशैको अबसरमा ‘दशै बिषेश साँस्कृतीक कार्यक्रम’ हुने भएको छ । नेपाल साँस्कृतीक पेशाकर्मी संघ जिल्ला कार्य समिति दाङले बडा दशैको अबसरमा असोज ७ गते घोराहीमा दशै बिषेश साँस्कृतीक कार्यक्रम गर्ने भएको छ ।

घोराही कटुवाखोला नजिकै रहेको होटल भिंग्रेली भिलेजमा केन्द्रिय तथा स्थानिय कलाकारहरुको सहभागितामा दशै बिषेश साँस्कृतीक कार्यक्रम हुने संघका अध्यक्ष कमल वलीले जानकारी दिएका छन् ।

बडा दशैको अबसरमा शुभकामना आदानप्रदानका साथै साँस्कृतीक कार्यक्रम हुने उनले बताए । कार्यक्रममा गायक तथा मोडेल दुर्गेश थापा, लोक दोहोरी गायक तिलक वली, गोबिन्दमधुर आचार्य, गायिका अमृता लामिछाने, शुशिला गौतम, मधु क्षेत्री, मधुसूदन डाँगी, रोहन वली, मोडेल लोसिना लामिछाने र समिक्षा पौडेलले बिषेश साँस्कृतीक प्रस्तुती राख्ने कार्यक्रमका साँस्कृतिक संयोजक सुनिल बिसिले जानकारी दिएका छन् ।

कार्यक्रममा बिहान ११ बजेबाट सुरु हुने र दर्शकाहरुका लागि ५ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्