तुलसीपुरबाट नगद सहित ७ जुवाडे पक्राउ



सैघाली खबर,
तुलसीपुर २६ भदौ ।
प्रहरीले तुलसीपुरबाट जुवा खेलिरहेका ७ जनालाई नगद सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको टोलीले जुवाको खालबाट २० हजार नगद सहित ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर ५ का ५० बर्षीय ऋषिराज आचार्य, तुलसीपुर ६ निबासी ५० बर्षीय नारायण अधिकारी, सोही ठाउ निबासी ५९ बर्षीय घनश्याम सुबेदी, ७३ बर्षीय नारायण रेग्मी, ७० बर्षीय गिरिराज रेग्मी, ५५ बर्षीय दुर्गा प्रसाद न्यौपाने, ६८ बर्षीय बिर बहादुर बुढालाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट २० हजार २ सय पनि बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनीहरुको साथबाट केही तासका सेटहरु पनि बरामद गरिएको प्रहरीले बताएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्