शान्तिनगर गाउँपालिकाद्वारा खानेपानी उपभोक्ता समितीलाइ पाइप वितरण



दाङ।शान्तिनगर गाउँपालिका चिराघाटले शान्तिनगरका विभिन्न खानेपानी उपभोक्ता समितीलाइ पाइप बितरण गरेको छ।

शान्तिनगर गाउँपालिकाको आर्थिक बर्ष २०७५/७६ को बिनियोजित ९ लाख ६२ हजार रुपैयाँ बाट उक्त पाइप खरिद गरि वितरण गरिएको गाउँपालिकाले जनाएको छ।जस अन्तर्गत वडा नम्बर २ स्थित बाघमारे खानेपानी तथा सरसफाइ उपभोक्ता समिती स्किम नम्बर ५ छोटे लाइ ९ सय मिटर पाइप ,वडा नम्बर ७ स्थित माबी तुल्सिपुर बिद्यालयलाई छ सय मिटर र वडा नम्बर २ स्थित अमुवाकोट खानेपानी तथा सरसफाइ समिति स्किम नम्बर छ लाइ ७ सय मिटर खानेपानी पाइप बितरण गरिएको छ।

 

गाउँपालिकाले चालु आर्थिक बर्षको बजेट बाट ५७ सय मिटर पाइप खरिद गरेको गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डागीले जानकारी दिएका छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्