माओवादी केन्द्र अब पहिलो पार्टी बन्छ ‘अनन्त’




जनक नेपाली

दाङ, २६ भदौ । समानुपातिक समाबेशी प्रतिनिधित्व सहितको महिला अधिकारको पक्षमा हाम्रो आन्दोलन व्यापक जनाधार र सुढृढी संगठन निर्माणको लागि ५ नं. प्रदेशको प्रथम एकता सम्मेलन भन्ने मुल नाराका साथ अखिल नेपाल महिला संघ क्रान्तिकारीको प्रदेश नं. ५को प्रथम सम्मेलनको उद्घाटन दाङको घोराहीमा गरिएको छ । सम्मेलन उद्घाटन नेकपा माओवादी केन्द्रका ५ नं. प्रदेश ईञ्चार्ज एवं माओवादी केन्द्र प्रदेश नं. ५ का ईन्चार्ज बर्षमान पुन अनन्तले गर्नु भएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री पुन ले नेकपा माओवादी केन्द्र पहिलो पार्टी बन्ने बताउनु भएको छ । उहाँले आगामी मंसिरमा हुने निर्वाचन बाट माओवादी पहिलो पार्टी बन्ने वताउनुभयो । गाउँ गाउँमा माओवादी जन लहर तयार भएको वताउँदै अब माओवादी पहिलो बन्नलाई कसैले रोक्न नसक्ने वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका पुनले हामी कि निर्वाचन या गठबन्धन जे गरेर भएपनि अब निर्णायक पार्टि बन्छौ उहाँले भन्नुभयो । अब प्रदेश देखि केन्द्र सम्मको एकै पटक निर्वाचन हुदैछ त्यसका लागि महिला, दलित, आदीवासी जनजातिको अधिकार रक्षार्थ माओवादी केन्द्र पहिलो पार्टी बन्नै पर्छ उहाँले थप्नुभयोे ।

नयाँ संबिधानले महिला पुरुष बरावरी हुन भन्ने कुरा स्थानिय निकायको निर्वाचन बाट पुष्टी गरेको वताउँदै स्थानिय निकायको निर्वाचनमा महिला र पुरुष दुवैलाई राजनितिक प्रतिष्प्रर्धाका रुपमा अगाडी बढाएको वताउनुभयो । समाजमा पुरुष शाषक र महिला शोषित बर्ग हो भन्ने कुरा माओबादीले अन्त गरि सक्यो त्यो नै माओबादी जनयुद्धको एउटा उपलब्धी हो । २०४६ साल देखि देखि २०५८ सम्म आउदा संसदमा महिला सहभागिता जम्मा ७ जना मात्र थियो माओवादी जनयुद्धले त्यसको सख्या २०६४ मा आएर १ सय ९७ पु¥याउने काम ग¥र्याे त्यो नै जनयुद्धको विजयी हो उहाँले भन्नुभयो । संघीयता ,लोकतन्त्र,गणतन्त्रका विरोधीहरु आज सच्चा हिमायती बनेका छन् फेरी उनिहरु नेपालमा राजनितिक अस्थिरता ल्याउन चाहन्छ त्यस कारण तपाई हामी उनका विरुद्ध लड्न जरुरी छ ।

सम्मेलनको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य जयपुरी घर्ती , पूर्व सामान्य प्रसासन मन्त्री रेखा शर्मा, महिला विभाग प्रमुख कमला रोका, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय अध्यक्ष अमृता थापा, मगर मुक्तिमोर्चाका केन्द्रिय उपाध्यक्ष भिमकुमारी बाठा, थारु मुक्तिमोर्चाका केन्द्रिय कोषाध्यक्ष अञ्जना चौधरी, महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रिय सचिव लक्ष्मी आचार्य,लगाएतले वोल्नु भएको थियो । प्रदेश नं. ५ का ईन्चार्ज दामा शर्माको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन संयोजक पार्वती पुनले गर्नु भएको थियो । सम्मेलन ले नयाँ नेत्रित्व समेत चयन गर्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्