दलित मोर्चा प्रदेश नं. ५ को अध्यक्षमा कर्मलाल परियार



सैघाली खबर

दाङ , २६ भदौ । नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा प्रदेश नं. ५ को अध्यक्षमा कर्मलाल परियार चयन हुन भएको छ । प्रदेशको प्रथम सम्मेलनले परियारको अध्यक्षतामा ५१ सदस्य नयाँ नेत्रित्व चयन गरेको हो । जसको उपाध्यक्षमा उषा विक, जिताराम विक,सोमबहादुर विक,खड्क दर्नाल,खुमबहादुर विक,धर्म बहादुर विक रहनु भएको छ । यस्तै सचिवमा राधिका परियार, सहसचिव महवीर विक,देवराज नेपाली, अर्जुन विक,शिव सुनार,पुरुषोत्तम बराईली,रिमबहादुर नेपाली र कोषाध्यक्षममा अकविर विक रहनु भएको छ । यस्तै प्रदेश सदस्यहरुमा छवि परियार कृष्णा परियार,टेकबहादुर सुनार, पृथ्वी हरिजन रहनु भएको नव निर्वाचत सचिव राधिका परियारले जानकारी दिनुभयो । नव निर्वाचित सम्पूर्ण कार्य समितिहरुलाई नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका केन्द्रिय अध्यक्ष तिलक परियारले सफत ग्रहण गराउनु भएको थियो ।कार्यक्रममा पर्वू खेलकुद मन्त्री दलजित सेरपाईली, प्रदेश नं. ५ का ईन्चार्ज खड्कबहादुर सुनार ६ नं. प्रदेशका ईन्चार्ज चन्द्रबहादुर विश्वकर्माले शुभकामना व्यक्त गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्