संसदिय निर्वाचनको कार्य तालिका सार्वजानिक



सैघाली खबर
काठमाण्डौ २६ , भदौ  
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता कात्तिक ५ र १६ गते हुने भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले संसदीय चुनावको कार्यतालिका तय गरेको हो, जस अनुसार मंसिर १० गते चुनावका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ ।

मंसिर  २१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ गते तोकिएको छ ।राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची भने असोज २९ गते पेश नै गर्नु पर्नेछ ।

सरकारले प्रत्यक्षतर्फ उम्मेदवारी लिएपछि मात्र समानुपातिको बन्दसूची पेश गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेको थियो । तर, आयोगले पूर्वतयारी अनुसार समानुपातिकको उम्मेदवारको बन्दसूची पेश गरेपछि मात्र प्रत्यक्षको उम्मेदवारी दर्ता राखेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्