फोनवोर्ड पुगेपछि फेरिएको सरसफाई



 

सैघाली खबर
तुलसीपुर ,२७ भाद्र


दाङको साबिक पवननगर गाबिस हाल तुलसीपुर उपमहानगरपालिका १ र २ । जहाँ दाङ खुल्ला दिशामुक्त घोषणा भएको लामो समय बिति सक्दा पनि डेढ सय भन्दा बढी घरपरिवारले शौचालय बनाएका थिएनन्, शौचालय बनाएकाले पनि प्रभाबकारी रुपमा प्रयोग गरेको पाईदैनथ्यो । घर आगन भरी फोहरै फोहर हुन्थ्यो । सरसफाई गर्नुपर्छ भन्ने संस्कारको बिकास भएको पाईदैनथ्यो ।

जब ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समिति ९ फोन्बोर्ड ० काठमान्डौको सरसफाई कार्यक्रमलाई लिएर रुकुमेली समाज बिकास केन्द्र रुकुम त्यहाँ पुग्यो । त्यसपछि त्यहाँको सरसफाई क्षेत्रमा निकै परिबर्तन भएको पाईएको छ । अहिले रुकुमेली बिकास समाजले त्यहाँ सरसफाई गर्ने संस्कार सिकाई रहेको छ । जसले गर्दा त्यहाँका बासिन्दाहरु सरसफाई गर्न थालेका छन् ।

 

शौचालय नबनाएका घरमा रातो स्टिकर, सरसफाई सुधार भईरहेका घरमा पहेलो र पुर्ण सरसफाई भएका घरमा स्वस्थ घर भनी हरियो स्टिकर टाँस्न थालेदेखी त्यहाँका घर स्वच्छ र सफा बन्न थालेका छन् । रुकुमेली बिकास समाजले गत बर्ष भदौ देखी उक्त कार्यक्रम साबिक पवननगर गाबिसमा पनि सञ्चालन गरेको थियो ।

अहिले त्यहाँका बासिन्दाहरुले पनि फोनबोर्डको कार्यक्रम आएदेखी सरसफाई गर्न सिकेको बताउछन् । स्थानीय राधा नेपालीले भनिन्‘ पहिले हामीले सरसफाई गर्न पनि जानेका थिएनौं, अहिले सरहरु आएर सरसफाई गर्न पनि सिकाउनु भएको छ ।’ त्यहाँ पुगेर भाँडा राख्ने टाँडी बनाउने तरिका, प्रयोग गर्ने तरिका, शौचालय बनाउन दवाव दिने तथा प्रभाबकारी रुपमा प्रयोग गर्ने तरिका, खानेपानी सुद्धिकरण गर्ने तरिका, घर आगन सरसफाई गर्ने बिषयमा निरन्तर जानकारी दिईरहेको वास ट्रिगर संगम देवकोटाले बताए ।

त्यसो गर्न थालेपछि अहिले त्यहाँका बासिन्दाहरुमा सरसफाईमा निकै परिबर्तन आएको उनले बताए । ‘ पहिले त्यहाँका बास्तिहरु निकै फोहर हुन्थे’ उनले भने ‘ अहिले सरसफाई गर्नुपर्छ भन्ने संस्कारको बिकास भएको छ ।’ अहिले त्यहाँका बासिन्दाले घरआगन पनि सफा राख्ने गरेको उनले बताए । कुनै समय फोहोर देखिने घर आगन पनि अहिले सफा स्वच्छ देखिने गरेको उनले बताए । साथै कार्यक्रम सञ्चालन भएपछि त्यहाँका धेरै घरपरिवारले शौचालय बनाईसकेको र बाँकी रहेको केही घरपरिवारको शौचालन निर्माण गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

यो सबै फोनवोर्डको कार्यक्रम पुगेपछि परिबर्तन आएको उनको तर्क थियो । साथै त्यहाँ तुलसीपुर उपमहानगरपालिका १ र २ का जनप्रतिनिधि, रुकुमेली बिकास समाज, खानेपानी, स्वास्थ्य, सञ्चारकर्मीलगायतको टोलीले अनुगमण गर्दा पनि सरसफाईमा उल्लेख्य प्रगति भएको पाईएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्